चलचित्र

डल्ली ‘परी’ बनेपछि, रेखा ‘डन’अवतारमा झुल्किन्

काठमाडौं– नेपाली चलचित्र नोभेम्बर रेनबाट उदायकी ‘डल्ली’ अर्थात छुल्ठिम गुरुङले निर्माण गरेको फिल्म ‘डायरी’ को टिजर सार्वजनिक भएको छ । अनिल योञ्जनको पटकथा तथा निर्देशन रहेको यो फिल्मको टिजरमा रेखा थापालाई डन र छुल्ठिमलाई परीको रुपमा प्रस्तुत गरिएको छ ।
टिजरमा रेखालाई निकै बोल्ड अवतारमा देखाइएको छ । रेखा थापा, छुल्ठिम गुरुङ र सन्नी सिंहको शीर्ष भूमिका रहेको फिल्मको टिजरमा प्रेम र द्वन्द्वको दृश्यलाई फोकस गरिएको छ । सन्नी फिल्मका लागि नयाँ अनुहार हुन् । ‘डायरी’का निर्देशक अनिल योञ्जन हुन् । फिल्ममा राजकुमार उप्रेतीको द्वन्द्व, गम्भिर विष्ट र मंगोलियन नम्जाको नृत्य तथा स्वप्निल शर्मा, इमान विक्रम शाह र मानस राजको संगीत रहेको छ । निर्देशक योञ्जन र अभिनेत्री छुल्ठिमको संयुक्त लगानीमा यो फिल्म निर्माण गरिएको हो । फिल्मका लेखक छेतेन गुरुङ हुन् । ‘डायरी’ मा छुल्ठिमको अपोजिटमा नव नायक सन्नी सिंह प्रस्तुत भएका छन् । छायाँकन सकिएर पोस्ट प्रोडक्सनमा रहेको ‘डायरी’ लाई चैतमा रिलिज गर्ने लक्ष्य राखिएको छ ।
फिल्म ‘नोभेम्वर रेन’ बाट रजतपटमा उदाएकी कलाकार हुन् डल्ली अर्थात् छुल्ठिम गुरुङ । छुल्ठिम भन्दा डल्ली नामबाट बढी चर्चित बनेकी उनले लामो समय चलचित्रबाट टाढा रहे पनि अहिले फेरि उदाएकी छन् । डल्लीले बीचमा आफूले अब चलचित्रमा अभिनय नगर्ने घोषणा समेत गरेकी थिइन् । केही समयसम्म उनलाई फिल्मप्रति वितृष्णा थियो । त्यसैले उनले आफूलाई आएका अफरलाई पनि लत्याउँदै आएकी थिइन् । उनले अर्काको व्यानरका  काम नगर्ने सोचका कारण नै उनले विभिन्न अफरहरु लत्याउँदै आएको पाइयो ।
शनिबार सार्वजनिक भएको टिजरमा नायिका रेखा थापा नितान्तै नौलो भूमिकामा देखिएकी छन् । उनी चलचित्र डायरीमा डन अवतारमा देखिएकी छन् । उनेको यो अवतार कस्तो हुने हो त्यो भने प्रतिक्षाको विषय बनेको छ । यस अघि उनी नाियकाकाको भूमिकामा मात्रै देखिए पनि यस चलचित्रमा खल नायिकाको भूमिकामा देखाइएको हुँदा उनले कथाको चरित्र पात्रलाई कत्तिको न्याय गर्ने हुन्, त्यो भने चलचित्र प्रदर्शनमा आएपछि मात्र थाहा हुनेछ । तर, पनि चलचित्रमा उनको भूमिकालाई लिएर अहिले चर्चा भने चुलिएको छ । डल्लीको डायरीको काम यतिबेला धमाधम भइरहेको छ । चलचित्र निर्माण युनिटले चलचित्रको प्रचार प्रसार पनि व्यापक बनाएको छ ।
यतिबेला छुल्ठिम आफ्नो चलचित्र डायरीको पर्खाइमा रहेकी छन् । उनले भनिन् ‘मलाइ केहि कुरा चित्त बुझेको थिएन त्यसैले गर्दा मैले फिल्म गर्दिन भनेको थिए’ छुल्ठिमले थपिन, ‘तर दर्शकले मलाइ दिनु भएको मायाले गर्दा भने म फिल्मबाट टाढा रहन सकिन ।’ उनको अभिनयसंगै लगानी समेत रहेको फिल्म ‘डायरी’को पोस्ट प्रोडक्सनमा व्यस्त छुल्ठिम भन्छिन ‘अफर त धेरै नै आए तर सुहाउदो आएन त्यसैले गर्दा आफ्नो ब्यानरमा देखिदैछु । पहिले जस्तै अहिले पनि दर्शकले उत्तिकै माया गर्नुहुन्छ भन्ने अपेक्षा लिएको छु ।’ उनले केहि समय यसै फिल्मको लागि पनि दिएकी थिइन् ।  फिल्म ‘आवरण’ मार्फत निर्माताको रुपमा फिल्ममा भित्रिएका अनिलले यस फिल्म मार्फत भने निर्देशनमा डेब्यु गरेका छन् ।