राजनीति

ह्वात्तै बढ्यो सांसदको तलव भत्ता, कुन शीर्षकमा कति ?

काठमाडौं-  व्यबस्थापिका संसदको आइतबार बसेको बैठकले ‘संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक’ बहुमतले पारीत गरेको छ । विधयेक पारीत भएसंगै अब सांसदहरुको मासिक तलव न्यूूनतम एक लाखभन्दा बढी भएको छ ।

कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठको संशोधनलाई बिधेयकको अङ्ग बनाईएको छ । श्रेष्ठले बैठक भत्ता ५०० बाट बढाएर एक हजार पुर्‍याउन र पैदल भ्रमण भत्ता खारेज गर्न प्रस्ताव गरेका थिए । अन्य संसोधन भने अस्वीकृत भएको छ । 

कुन शीर्षकमा कति ? 

मासिक पारिश्रमिकः ५५ हजार २ सय ३०

दैनिक बैठक भत्ता : एक हजार 

आवास सुविधा : १८ हजार

टेलिफोन तथा पत्रपत्रिका खर्च : ३ हजार

 धारा बिजुली खर्च :  २ हजार

 अतिथि सत्कार : १ हजार

 विशेष भत्ता मासिक : १ हजार  

यातायात सुविधा : १ हजार

भ्रमण भत्ता :  एक दिनको २५ सय

फर्निचर खर्च : बार्षिक १५ हजार

यी बाहेक हरेक सांसदको  १० लाखको यात्रा विमा हुनेछ ।

६ मंसिर २०७३