राजनीति

तरुण दलमा क–कसलाई टीका लगाइयो ?

कास्की– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको अध्यक्षमा जितजंग बस्नेतलाई चयन गरिएको छ । पोखरामा भएको तरुण दलको चौथो महाधिवेशनमा शीर्ष नेताबीच सहमतिका आधारमा पदाधिकारी चयन गरिएको हो । महाधिवेशनले  अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षको टुंगो लागेको छ । नेताहरुबीच सहमतिका आधारमा अध्यक्षमा जितजंग बस्नेत र उपाध्यक्षमा उत्तम कुमार चापागाईं चयन भएका छन् ।

यस्तै महासचिवमा भूपेन्द्र जङ्ग शाही र कोषाध्यक्षमा विद्वान गरुङ छन् । यद्धपि महाधिवेशनले केन्द्रिय समिति पुरै निर्वाचित गर्न भने सकेन ।  पार्टी निर्देशक समितिले पत्रकार सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गरिएको जानकारी गराएको हो ।

१ मंसिर २०७३ ।