राजनीति

शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

काठमाडौं– माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित भएको छ । संसद सचिवालयका अनुसार अब संसदको बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ । बुधबारको संसद बैठकमा सभामुख ओनसरी घर्तीले शोक प्रस्ताव पढेर सुनाएकी थिइन् ।

शोक प्रस्ताव पारित भएपछि अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलनअनुसार बैठक स्थगित भएको हो । फोक्सोको क्यान्सरबाट पीडित सांसद पाण्डेको गत आइतबार बेलुकी  निधन भएको थियो ।

१ मंसिर २०७३ ।