राजनीति

कुलमानलाई कार्यालय छिर्न नदिने चेतावनी (बिज्ञप्तिसहित)

काठमाडौं–   विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने कर्मचारी ट्रेड युनियनहरुले चेतावनी दिएका छन् । आज संयुक्त प्राधिकरण कर्मचारी संघ र कर्मचारी युनियनले विज्ञप्ति जारी गर्दै चेतावनी दिएका हुन् ।

बिज्ञप्तिमा भनिएको छ ‘ संस्थाको जिम्मेवारीमा रहेका प्रमुखले कसैसंग सल्लाह नगरी एकलौटी रुपमा काम गरेको भनिएको छ ।’ प्राधिकरण कर्मचारी संघ र कर्मचारी युनियनको संयुक्त बिज्ञप्तिमा सहअध्यक्ष प्रमिला ढुङ्गाना र युनियनका तर्फबाट बरिष्ठ उपाध्यक्ष रामकुमार थेबेद्धारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ ‘ मिडियामा एकापक्षिय समाचार संप्रेशन गर्न लगाएको, संस्थाको वरपर विभिन्न व्यक्तिहरु जमघट गराई कार्यालय वातारवरण खलबल्याएको बताईएको छ । प्राधिकरणको विवाद समाधान गर्न आग्रह गर्दा समेत अटेर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तो छ विज्ञप्ति जस्ताको तस्तै


२६ कार्तिक २०७३ ।