राजनीति

जनतालाई प्रत्याभूति हुने सेवा प्रदान गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई प्रत्याभूति हुने खालको सेवा प्रदान गर्न कर्मचारीलाई निर्देश दिएका छन्। मोरङस्थित क्षेत्रीय र जिल्ला कार्यालयका प्रमुखलाई शुक्रबार बिहान विराटनगरमा निर्देशन दिँदै उनले भने, ‘विकास निर्माणका योजनालाई राम्रोसँग परिणाममुखी ढङ्गले सम्पन्न गर्नुस्।’
प्रधानमन्त्रीले विकास निर्माणका योजनालाई समयमै सम्पन्न गर्न कर्मचारीबीच प्रतिस्पर्धाको भावना जागृत हुनुपर्ने बताउँदै गुणस्तरीय कार्य सम्पन्न गर्ने कर्मचारीलाई राज्यले पुरस्कृत गर्ने बताए।
उनले राजनीतिक दलबीच समझदारी बढाएर सबैको सहमतिमा संविधान कार्यान्वयनको काम अगाडि बढाइएको बताए। भने, ‘संविधान कार्यान्वयनका साथै तीन तहको निर्वाचन सम्पन्न गराउनका लागि कर्मचारीले सकारात्मक वातावरण बनाएर कार्य गर्न जरुरी छ।
उनले स्वतन्त्र विदेश नीतिलाई आधार बनाएर दुबै छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित र अन्तर्राष्ट्रिय जगतसँग सन्तुलित सम्बन्ध राखेर सरकार कार्य गरिरहेको बताए।
२६ कार्तिक २०७३ ।