राजनीति

देउवाको गोवा भ्रमणबारे एमालेले जवाफ माग्यो

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गोवा भ्रमणबारे संसद्लाई जानकारी गराउन माग गरेका छन्। विहीबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद राजन भट्टराईले सरकारसँग जवाफ मागेका हुन्। भट्राईले भने,‘ कांग्रेस सभापति देउवाको भारत भ्रमणले कुटनीतिक मर्यादाबारे नै प्रश्न उठेको छ। सरकारले संसदमा यसबारे जवाफ दिनुपर्छ।’ सरकारले कुटनीतिक मर्यादा कायम राख्न नसकेको उनले आरोप लगाए ।
अख्तियारका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध पेश भएको महाअभियोग प्रस्तावमाथि छलफल हुनुअघि उनले विशेष समय लिएर जवाफ मागेका थिए।

२६ कार्तिक २०७३ ।