राजनीति

मधेश आन्दोलनका ७४ मुद्दा फिर्ता लिने निर्णय

काठमाडौं– सरकारले मधेश आन्दोलनका क्रममा चलाइएको ७४ वटा मुद्दा फिर्ता लिने निर्णय गरेको छ। २०८ मध्ये प्रचलित कानूनबमोजिम मुद्दा नचल्नेगरी सम्बन्धित निकायबाट फिर्ता लिने निर्णय गरेको हो।

गृहमन्त्रालयका अनुसार २२ मुद्दामा पूर्ण सफाइ भइसकेको र पाँच मुद्दामा प्रचलित कानुनबमोजिम कागज गराई छोडिएको जनाएको छ। यस्तै, १३ मुद्दाको फर्छ्यौट भएको र बाँकी ९४ मुद्दा फर्छ्यौट सम्बन्धमा आवश्यक कार्बाही भइरहेको मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जनाए।

२६ कार्तिक २०७३ ।