राजनीति

सभापति देउवा र मोदीबीच भेटवार्ता

काठमाडौं– भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्त हुने भएको छ ।  नयाँदिल्लीको साउथ ब्लकमा बिहान १० बजेर ४० मिनेटमा भेटवार्ताको हुने छ । यसअघि आइतबार भेट हुने भनिए पनि भारतीय प्रधानमन्त्री मोदीको व्यस्तताका कारण हुन सकेको थिएन । देउवाले सोमबार बिहान भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारीसँग भेटवार्ता गरेका थिए । नेता कोसियारीले ट्विट गर्दै देउवासँग भारत र नेपाबीच मजबुद सम्बधबारे कुराकानी भएको उल्लेख गरेका छन् ।  यस्तै देउवाले भारतीय सुरक्षा सल्लाहकार अजित दोभालसँग डिनर भेटघाट गरेका छन् ।
कांग्रेस सभापति देउवा भारतीय जनाता पार्टीको ‘थिंक ट्यांक’ संस्था इन्डिया फाउन्डेसनको कार्यक्रममा भाग लिन गोवा गएका थिए । गोवाको कार्यक्रम सकेर दिल्ली पुगेका सभापति देउवालाई जवाहरलाल नेहरु विश्वविद्यालयले मानार्थ विद्यावारिधिद्वारा सम्मान गरेको थियो । 

२३ कार्तिक २०७३ ।