राजनीति

प्रधानमन्त्री दाहालको राजनीतिक भेटघाट शुरु

काठमाडौं-  भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटघाटमा व्यस्त भएका छन्। बिहीबार अपरान्ह भारतको राजधानी नयाँ दिल्ली पुगेका प्रचण्डलाई साढे चार बजे भारतीय राष्ट्रिय कांग्रेसका महासचिव डिपी त्रिपाठीले भेटेका छन्।

दिल्लीस्थित नेपाली राजदूतावासमा नेता त्रिपाठीले प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गरेका हुन्। यस्तै भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम यचुरीले पनि प्रधानमन्त्री प्रचण्डसँग भेट वार्ता गरेका छन्। यचुरीले प्रधानमन्त्री प्रचण्डलाई नेपालका भूकम्पपीडितको सहयोगका लागि पार्टीका तर्फबाट रकम समेत हस्तान्तरण गरेका छन्।

त्यस्तै, प्रधानमन्त्रीले प्रवासी नेपालीलाई सम्बोधन समेत गरेका छन् । प्रधानमन्त्री यसअघि त्यहाँस्थित अखिल भारत नेपाली एकता मन्चको कार्यक्रममा सहभागी भएका थिए ।  यसैबीच, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५ लाख ५५ हजार ९ सय ६६ रुपैयाँ रकमको चेक हस्तान्तरण गरेको छ।
अघिल्लो वर्ष भूकम्पमा परेर घरबारविहीन भएकाहरुको सहयोगार्थ माक्र्सवादीका महासचिव सीताराम येचुरीले चेक हस्तान्तरण गरेका हुन्। भाकपा माक्र्सवादी र त्यसका आंगिक संगठनले पटकपटक गरी कूल ८ करोड ४५ लाख २६ हजार ९६० नेपाली रुपैयाँ सहयोग गरिसकेको जनाएको छ।

येचुरी र प्रधानमन्त्री प्रचण्डबीच नयाँ दिल्लीमा बिहीबार भएको भेट भएको हो। भेटमा येचुरीले नेपालमा संविधान निर्माण र गणतन्त्र स्थापना गर्न सफल भएकोमा प्रधानमन्त्री प्रचण्डलाई बधाइ दिएका थिए। उनले अब स्थायित्वका लागि काम गर्न सुझाव दिएका थिए।