राजनीति

डा.केसीसँग भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रका समस्या समाधान तथा डा. गोविन्द केसीले उठाएका मागको सम्बोधनका गर्न निर्देशन दिएका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा स्वास्थ्य मन्त्री गगन थापा, शिक्षा मन्त्री धनीराम पौडेल, केदारभक्त माथेमासहित आयोगका पदाधिकारी संलग्न टोलीसँग छलफल गर्दै प्रधानमन्त्रीले स्वास्थ्य शिक्षा क्षेत्रका विभिन्न समस्या तत्काल समाधान गर्न निर्देशन दिएका हुन् 

यता केसीले भने मेडिकल क्षेत्रमा देखिएको विकृति अन्त्यको लागि भन्दै नवौं अनसनको घोषणा गरिसकेका छन्। असोज २ गतेसम्म यसअघि आफूले राखेका चार बुँदे माग सरकारले पूरा नगरे ३ गतेदेखि अनसन बस्ने उनको चेतावनी छ।

अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि भ्रष्टाचार गरेको प्रमाणसहित महाअभियोगको माग गर्दा संसदमा महत्वपूर्ण प्रस्तावमा छलफल नभएको उनको भनाइ छ। आफूसँग यसअघि भएका सम्झौताको कार्यान्वयनमा सरकार गम्भीर नभएको भन्दै यता, डा. केसीले अव पनि माग पूरा नभए फेरि अनसन बस्ने चेतावनी दिएका छन् ।