राजनीति

राष्ट्रिय गौरवका आयोजना आफै अनुगमन गर्छुः प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजना आफैंले अनगुमन गर्ने बताएका छन्। राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, राष्ट्रिय गौरवका आयोजना आफै अनुगमन गर्ने बताएका हुन् । उनले भने– ‘राष्ट्रिय गौरवका आयोजनाको तालिका बनाएर म आफैँ अनुगमन गर्छु। सबै मन्त्रीले पनि आफ्ना मातहतका आयोजनाको अनुगमन र निरीक्षण गरी विकास आयोजना समयमै सम्पन्न गर्ने वातावरण सिर्जना गर्नुस्।’

बैठकमा प्रधानमन्त्रीले एकातिर विकासका आयोजनामा रकम अभाव हुने र अर्कोतिर विनियोजित पुँजीगत खर्च नहुने समस्या समाधानका लागि दण्ड र पुरस्कारको प्रावधान अपनाइने बताए। उनले भने, ‘एकातिर विकास आयोजनामा रकमको अभाव हुने र अर्कोतिर पुँजीगत खर्चको सामथ्र्य बढाउन नसकेको समस्या छ।

यसवर्ष पुँजीगत खर्चको सामथ्र्य कम्तिमा ८० प्रतिशत पुर्याउन राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन र लापर्बाही, ढिलासुस्ती गर्ने कर्मचारीलाई दण्डित गर्ने प्रावधान आवश्यक छ।’ बैठकमा प्रधानमन्त्रीले विकास आयोजनासम्बन्धी समितिका बैठकमा आवश्यक गृहकार्य गरेर उपस्थित हुन मन्त्री र सचिवलाई निर्देशन दिए।