राजनीति

एमालेमा प्रदेश संगठन कमिटीले पूर्णता पायो

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकले सात वटै प्रदेश संगठन कमिटीलाई पूर्णता दिएको छ। प्रदेश नम्बर एकमा १०१, दुईमा ८१, तीनमा १११, चारमा ५९, पाँचमा ८०, छ नम्बर प्रदेशमा ५२ र सात नम्बर प्रदेशमा ५८ सदस्य रहनेगरी प्रदेश कमिटी टुंग्याइएको छ। एमालेले यसअघि नै प्रदेशको संयोजक र सहसंयोजक टुंगो लगाइसकेको छ।

प्रदेश संयोजक र सहसंयोजक, अञ्चल इन्चार्ज तथा सहइन्चार्ज, केन्द्रबाट तोकिएका जिल्ला इन्चार्ज र सहइन्चार्ज, निवर्तमान अञ्चल सचिवहरु, जिल्ला कमिटीका अध्यक्षहरु, जिल्ला अधिवेशनबाट निर्वाचित निवर्तमान जिल्ला अध्यक्षहरु, निर्वाचन क्षेत्रबाट निर्वाचित राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्यहरु, जिल्ला कमिटीको सिफारिशमा केन्द्रीय कमिटीद्वारा मनोनीत राष्ट्रिय प्रतिनिधि परिषद्का महिला सदस्यहरु र केन्द्रीय कमिटीको विशेष निर्णयद्वारा मनोनीत राष्ट्रिय प्रतिनिधि परिषद्का दलित सदस्यहरु प्रदेश कमिटीमा रहेका छन्।