राजनीति

१२ जना सचिवको सरुवा, को कहाँ ?

काठमाडौं– सरकारले १२ जना सचिवको सरुवा गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले  १२ सचिवको सुरुवा गर्ने निर्णय गरेको हो । जसमध्ये सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीलाई पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा सरुवा गरेको छ ।

क्षेत्रीय प्रशासक गोपीनाथ मैनालीलाई निर्वाचन आयोगमा, शारदाप्रसाद त्रिताललाई निर्वाचन आयोगबाट सहकारी तथा गरिवी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यस्तै आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटलाई रक्षा मन्त्रालयमा, युवा तथा खेलकुद मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीलाई श्रम तथा रोजगार मन्त्रालयमा, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव मधु रेग्मीलाई लोकसेवा आयोगमा सरुवा गरिएको छ ।

श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साललाई महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै रक्षा मन्त्रालयका सचिव महेशकुमार दाहाललाई युवा तथा खेलकुद मन्त्रालयमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीलाई नेपाल ट्रष्टको कार्यलयमा, जल तथा उर्जा आयोगका सचिव धनबहादुर तामाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ ।

मन्त्रीपरिषद्को बैठकले नेपाल ट्रष्टको कार्यालयका सचिव भीमप्रसाद उपाध्यायलाई जल तथा उर्जा आयोगमा, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव प्रेमकुमार राईलाई आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । यस्तै मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय भवन आचार संहितालाई राजपत्रमा प्रकाशित गरेर तत्कालै लागु गर्ने निर्णय गरेको छ ।

बैठकले राष्ट्रिय योजना आयोगमा डाक्टर स्वर्णिम वाग्ले, डाक्टर प्रभु बुढाथोकी र धिरेन्द्रमान प्रधानलाई सदस्यमा नियुक्त गरेको छ । बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेको राजीनामा स्वीकृत गरेको छ । प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा र सहभागीको नाम बुधबार टुंगो लाग्ने सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।