राजनीति

महत्वपूर्ण तीन विधेयक पारित, उच्च अदालत गठनको बाटो खुल्यो

काठमाडौं – व्यवस्थापिका–संसद्को आइतबार बसेको बैठकले‘न्याय महत्वपूर्ण तीन विधेयक पारित गरेको छ । बैठकले सेवा आयोग विधेयक, २०७३’, ‘न्याय परिषद् विधेयक २०७३’ र ‘न्याय प्रशासन विधेयक, २०७३’ लाई पारित गरेको हो । 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले प्रस्तुत गरेका ती विधेयकलाई बहुमतले पारित गरिएको हो । ती तीन विधेयक गत शुक्रबार नै पारित गर्ने कार्यसूची रहेको भएपनि सदनमा सांसदहरुको गणपूरक संख्या नपुगेका कारण आइतबार पारित भएका हुन् । 

ती विधेकय पारित भएपछि सरकारलाई नेपालको संविधानअनुसार उच्च अदालत गठनको बाटो खुलेको हो । संविधान घोषणा भएको एक वर्षभित्र उच्च अदालत गठन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । नयाँ व्यवस्थापछि विद्यमान १६ पुनरावेदन अदालत सातवटा उच्च अदालतमा परिणत हुनेछन् ।