राजनीति

उपप्रधान तथा गृहमन्त्री निधी भेटघाटमा जुटे

काठमाडौं–सरकारको विशेष दूतका रुपमा विहीबार भारत प्रस्थान गरेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले शुक्रबारबाट राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् ।  उनले शुक्रबार साँझ राष्ट्रपति प्रणव मुखर्जीलाई भेट्ने कार्यक्रम छ । भने दिउँसो गृहमन्त्री राजनाथ सि‌ंहसँग भेटवार्ता गरेका छन् । भेटमा उनले नेपालको राजनीतिक घटनाक्रम र आपसी सम्बन्धका विषयका कुराकानी गरेका थिए । 

बेलुका हुने भेटमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आआफ्ना समकक्षीलाई पठाएको नेपाल भ्रमणको निमन्त्रणा पत्र पनि निधिले हस्तान्तरण गर्नेछन्। मन्त्री निधिले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, विदेश सचिव लगायतलाई भेट्ने कार्यक्रम छ । उनी विहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनदिने भारत भ्रमणका लागि प्रस्थान गरेका थिए।
 
मन्त्रिपरिषद्को साउन २७ गतेको बैठकले निधिलाई भारत र उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउने निर्णय गरेको थियो। महरा भने साउन ३१ गते नै ६ दिवसीय भ्रमणका लागि चीन गएका थिए। उनले पनि महत्त्वपूर्ण भेटवार्ता गरेर शनिबार स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

३ भदाै, २०७२ ।