राजनीति

नेविसंघको अध्यक्षमा नैनसिंह महर विजयी

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्षमा नैनसिंह महर विजयी भएका छन् । महरले १४ सय ३५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।  महरलाई पछ्याएका मनोजमणि आचार्यले १३ सय १६ मत ल्याएका छन् ।

यस्तै महामन्त्रीमा महर प्यानलकै कुन्दनराज काफ्ले र सरोज थापा विजयी भएका छन्। गएको साउन २३ गते सुरु भएको ११औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि बुधबार मध्यान्हबाट सुरु भएको मतदान प्रक्रिया आज विहानसम्म चलेको थियो । 
महर पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् भने उनको प्रत्यासी आचार्य नेता रामचन्द्र पौडेल पक्षका हुन् । ११ औं महाधिवेशनबाट महर अध्यक्षमा निर्वाचित भएसँगै उनी नेपाल विद्यार्थी संघको १८औं अध्यक्ष बन्न सफल भएका छन् । 
यसैबीच, प्रदेश नम्वर १ बाट विकास केसी उपाध्यक्षमा निर्वाचित भएका छन्। प्रदेश नम्वर २ बाट सञ्जय यादव उपाध्यक्ष भएका छन्। प्रदेश ४ बाट डिल्लीराम सुवेदी निर्वाचित भएका छन्। अन्य प्रदेश र उपत्यकाको मतगणना जारी भने जारी रहेको छ ।