राजनीति

नेविसंघ मत गणना जारी, आचार्यभन्दा महर अघि

काठमाडौं–नेविसंघको मत परिणाममा सभापतिका प्रत्यासी नैनसिंह महरले अग्रता कायमै राखेका छन्। उपत्यकाको मात्र मत गन्न बाँकी रहेको अवस्थामा सभापतिका दुई प्रत्यासीको कठा टक्कर अझै जारी छ।
पछिल्लो मत परिणाम अनुसार सभापति पदका प्रतिस्पर्धी नैनसिंह महरले १४३५ मत पाएका छन् ।

यसैगरी मनोजमणि आचार्यले १३१६ मत ल्याएँदै कडा चुनौती दिइरहेका छन्। नेविसंघको नयाँ नेतृत्वका लागि भएको मतदानको गणना अहिले कांग्रेस पार्टी कार्यालय सानेपामा जारी छ ।

यस्तै महामन्त्रीमा कुन्दनराज काफ्लेको मत ७७७ ल्याएर अग्रता कायम गरेका छन् । सरोज थापाको ६९१, दीपक भट्टराईको ६२४ र हिमालदत्त श्रेष्ठको ५१७ मत आएको निर्वाचन समितिले जनाएको छ ।
अहिलेसम्मको गणनाअनुसार देउवा प्यानल अगाडि देखिएको छ ।
२ भदौ, २०७३ ।