काडमाडौं, २१ भदौ । प्रहरीले आइतबार बिहान ८८ किलो अवैध सुन नियन्त्रणमा लिइरहँदा चिनियाँ तस्कर वान विई मिङ पाँचेतारे होटल र्याडिसनमा मस्त निद्रामा थिए। इतिहासमै सबैभन्दा ठूलो परिमाणमा सुन बरामद भएको खबरले बजार तातिसक्दा बिहान १० बजे उनी आरामपूर्वक होटलबाट बाहिरिँदै फरार भए।
काठमाडौं, २० भदौ । पछिल्लो पाँच बर्षमा मुलुकमा तस्करीका लागि ल्याइँदै गरेको सवा दुई अर्ब रुपैयाँ बराबरको सुन बरामद भएको छ । दैनिक एक सय किलो सुन तस्कर हुने अनुमान गरिए पनि प्रहरीले न्यून परिमाणमा मात्रै बरामद गर्दै आएको छ ।
काठमाडाैं, २० भदाै । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी मंगलबार परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ ।
काठमाडौं, २० भदौ । नेपालको भूमि प्रयोग गरी तिब्बतबाट नेपाल हुँदै भारततर्फ तस्करी हुन लागेको ८८ केजी सुन सुरक्षा निकायको स्कर्टिङमा काठमाडौं आइपुगेको नयाँ रहस्य पत्ता लागेको छ। तिब्बतको नाका रसुवागढीबाट नेपाल प्रवेश गरेको उक्त सुन कहीँ पनि चेकजाँच नभइ काठमाडौं आइपुगेको तथ्य फेला परेको छ।
काठमाडौं, १९ भदौ । काठमाडौं उपत्यकामा आइतबारबाट इन्द्रजात्रा शुरु भएको छ । काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याएसँगै इन्द्रजात्रा विधिवत रुपमा शुरु भएको हो । भक्तपुरको चित्तपोलबाट ल्याइएको लिंगो हुनमानढोकामा
काठमाडौं, १९ भदौ । बडा दशैं २०७४ को लागि नेपाल राष्ट्र बैंकले भदौ २८ गतेदेखि नयाँ नोट सटही गर्ने भएको छ । अघिल्ला वर्षहरुमा थापाथलीमा रहेको राष्ट्र बैंकको कार्यालयबाट सटही गरिने व्यवस्था गरिएको भए पनि यसपटक भने नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका
काठमाडौं, १९ भदौ । काठमाडौं, १९ भदौ । "सबै ठाउँमा, सबैका लागि, के तपाईँलाई थाहा छ ?" नाराका साथ साेमबार नेपाल रेडक्रस दिवस सोमबार मनाइँदैछ । वि.सं. २०२० साल भदौ १९ गते नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको हो ।
डोल्पा, १९ भदौ । मनाङ जिल्लाको नेस्याङ गाउँपालिका वडा नं ९ मा पर्ने तिलिचो ताल सामुन्द्रिक सतहदेखि चार हजार ९१९ मिटर उचाइमा पर्दछ । तालको वरिपरि मुस्कुराइरहेका मुक्तिनाथ तिलिचो हिमाल, निलगिरि र हिमश्रृखलाले स्वदेशी तथा विदेशी पर्यटकको मनलाई लोभ्याएको हुन्छ ।
काठमाडौं, १८ भदौ । असोज २ गते हुने प्रदेश २ को स्थानीय निर्वाचनलाई लक्षित गरी विभिन्न दलहरुले सक्रियता देखाएका छन् । २ नम्बर प्रदेशमा केन्द्रित भएका दलहरुले चुनाव जित्नका लागि आ–आफ्ना चुनावी एजेण्डा सार्वजनिक गर्नुका साथै विभिन्न रणनीति तय गरेका छन् ।
काठमाडौं, १८ भदौ । मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो चाड मानिने बकर इद अर्थात इद उल अज्हा आइतबार मनाइदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने गरिन्छ । आइतबार इस्लाम धर्मावलम्बीहरू बिहानै सफा भइ नजिकैको मस्जिद