भक्तपुर, ५ असोज । नजिकिँदै आएको हिन्दु धर्मावलम्वीहरुको महान चाड वडादशैंको अवसरमा बुधबार एभरेस्ट भक्तपुर स्कुल र एभरेस्ट इंगलिस स्कुलका विद्यार्थीहरुलाई टिका र जमरा लगाएर शुभकामना दिँदै दशैं विदा दिइएको छ । बिहीबारदेखि असोज २१ गते शनिबारसम्म विद्यार्थीलाई दशैं विदा दिइएको हो ।
काठमाडौं, ४ असोज । प्रा.डा. गोविन्द केसीले माथेमा प्रतिवेदन र आफ्ना सुझावअनुसार परिमार्जन गरेर तत्काल चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित गर्नुपर्नेलगायत चारबुँदे माग पूरा नभए असोज २० देखि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् ।
काठमाडौं, ३ असोज । नेपालका उत्कृष्ट छवटा स्थानीय तहलाई दक्षिण कोरिया सरकारले ‘स्मार्ट सिटी’ बनाउने कार्यमा सहयोग गर्ने भएको छ । काठमाडौँसहित दुईवटा महानगरपालिका र चारवटा नगरपालिकाको दिगो विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको हो ।
काठमाडौं, २ असोज । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा प्रदेश नं. २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा ७३ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार ८ वटा जिल्लामा गरेर ७३ प्रतिशत मत खसेको छ । ८ वटै जिल्लामा अत्यन्त शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको
काठमाडौं, १ असोज । आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ ।
काठमाडौं, २८ भदौ । आफूभन्दा कनिष्ठ डीआईजी प्रकाश अर्याललाई नेपाल प्रहरीको आईजीपी बनाएर आफूमाथि अन्याय भएको भन्दै डीआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
काठमाडौं, २७ भदौ । दशैंमा काठमाडौंबाट बाहिर जानेका लागि अग्रिम टिकट बुकिङ मंगलबार विहानैबाट खुला भएको छ । टिकट बुकिङका लागि सर्वसाधारण रातिदेखि नै नयाँ बसपार्क पुगेर लाइनमा बसेका थिए । उनीहरुलाई बिहान ६ बजेपछि मात्रै टिकट वितरण शुरु गरिएको हो ।
काठमाडौं, २७ भदौ । दशैंमा काठमाडौंबाट बाहिर जानेका लागि अग्रिम टिकट बुकिङ मंगलबार विहानैबाट खुला भएको छ । टिकट बुकिङका लागि सर्वसाधारण रातिदेखि नै नयाँ बसपार्क पुगेर लाइनमा बसेका थिए । उनीहरुलाई बिहान ६ बजेपछि मात्रै टिकट वितरण शुरु गरिएको हो ।
काठमाडौं, २७ भदौ । भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल भदौ २० मा एक्कासी बिदामा बसे। उनी कामको सिलसिलामा बाहसिर जानुपर्ने भन्दै उपाध्यक्ष दाबुटी शेर्पालाई निमित्त जिम्मेवारी दिएर सम्पर्कबिहिन भए। २० दिन बिदा लिएर बसेका पौडेलको अहिले मोबाइल स्वीच अफ छ।
काठमाडौं, २६ भदौ । संसद्को सुशासन समितिका सदस्यले नेपाल आयल निगमको जग्गा खरिद घोटालामा संलग्नलालाई कारबाही दायरामा ल्याउन माग गरेका छन्। निगमलगायत विभिन्न निकायमा भ्रष्टाचार भएका घट्ना छरपस्ट हुँदा पनि सरकारका निकाय चुप बसेको भन्दै सांसदले सरकार