समाचार

काठमाडौं उपत्यकामा इन्द्र जात्राको रौनक

काठमाडौं, १९ भदौ । काठमाडौं उपत्यकामा आइतबारबाट इन्द्रजात्रा शुरु भएको छ । काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याएसँगै इन्द्रजात्रा विधिवत रुपमा शुरु भएको हो । 
भक्तपुरको चित्तपोलबाट ल्याइएको लिंगो हुनमानढोकामा ठडयाएपछि इन्द्रजात्रा सुरु गर्ने चलन गरेको केन्द्रिय मानन्धर संघका अध्यक्ष गोपालकृष्ण मानन्धरले जानकारी दिनुभयो । यो लिंगो गाडने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको पालामा सुरु भएको मानिन्छ । इन्द्र जात्रा सुरु भएसँगै यसको विशेष आकर्षण मानिने पुलुकिसी र लाखेनाच पनि सुरु भएको छ । 
एक सातासम्म चल्ने इन्द्र जात्राको मुख्य दिन मंगलबार कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथ यात्रा गर्ने गरिन्छ । 
सोही दिन राष्ट्रप्रमुखको रुपमा राष्ट्रपतिले जात्रा अवलोकन गर्ने परम्परा छ । यसै अवसरमा केन्द्रिय मानन्धर संघले पहिलो पटक ६४ जना कन्याको पूजा पनि गरेको छ । सरकारले इन्द्रजात्राको अवसर पारेर मंगलबार सार्वजनिक विदा पनि दिएको छ ।