विचार

नेपाले एकात्मे राष्ट्रवाद र अम्रिकाने ट्रम्पेली राष्ट्रवाद

ससाङ लामा
राजनीतिका झेली र दिमागले भेउ पाउनै नसकिने रकमी कुराहरु सुन्दा सुन्दा कहिले काहीँ त राजनीतिको ‘र’ पनि उच्चारण नगरुँ झैँ लाग्छ । न्यूयोर्क समाचार पत्रका सम्पादक गोकुल श्रेष्ठ चाहिँ दाई ! समसामयिक बिषयमा लेखिदिनु प¥यो भनेर भन्छन् । समसामयिक बिषयमा यसो गम्यो भने राजनीति नमिसिएको माम्लो त बिरलै भेटिन्दो रहेछ । राजनीति ‘अच्छा’ लागे पनि नलागे पनि त्यही राजनीतिले समाजको ब्यवस्थापनालाई दिशानिर्देश गर्ने र राजनीतिक अधिकार बिनाको कुनै पनि अधिकारले केही माने नराख्ने हुनाले राजनीतिप्रतिको मानिसको आकर्षण पुष्टि हुन्छ । एकजना भारतीय साहित्यकारले राजनीतिदेखि बिरक्तिएर यसो पनि भनेका थिए  ‘साहित्य भोजनालय हो भने राजनीति शौचालय हो ।’

यो कथन साहित्यकार केदारमान ब्यथितको हो भनेर पनि भन्छन । साहित्यिक अदालतले यो कुराको छिनोफानो गर्ला । जसले भनेपनि कुरो मार्मिक छ । टट्टीखानाको उपाधि पाएको राजनीति के साँच्चै नै त्यस्तै गन्धे, बिषाक्त, बिकार र बेकामे छ त ? यसै सन्दर्भमा नेपाले र अम्रिकी राजनीतिका केही पाटाहरु उक्काउन चाहन्छु्र ।

पञ्चायतकालिन राष्ट्रवादले नेपाली जनतालाई भारतबिरोधी बनाई दियो र त्यही भारतबिरोधी राष्ट्रवादिता उरालेर पञ्चे र राजावादीहरुले आफ्नो सत्ता सकेजति लम्ब्यायो । राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना पश्चात पनि एकात्मे गणतान्त्रे नेताहरुले पुरानै पञ्चे शैलीको ‘राष्ट्रवादिता’लाई फेरि राजनीतिक मञ्चमा प्रक्षेपण गरे । पृनासा (पृथ्वीनारायण शाह)लाई एकताको प्रतिक, बिशाल नेपालको एकीकरणकर्ता आदि बिभिन्न उपमाले सजाइ पञ्चेले भन्दाबढी बढाई चढाई प्रस्तुत गरे । नाक काटिएका किर्तिपुरे र अन्य काठमाडांैका नेवारहरुले पृनाशालाई एकताको प्रतिकको रुपमा यत्रो पनि मान्दैन । ढाका टोपी र दौरा सुरुवाललाई पनि पुरानै पारा बमोजिम राष्ट्रवादिताको खोल ओढाउनु खोजियो । बहुजातीय, बहुसाँस्कृतिक र बहुपहिरन भएको मुलुकमा केही समुदाय बिशेषको पहिरनलाई हचुवाको भरमा ‘राष्ट्रिय’ भन्न मिल्यो र ? के हाम्रो राष्ट्रवादको प्रतिक पृनाशा, ढाका टोपी र दौरा सुरुवाल हो ? के पृनाशालाई नपुजी हाम्रो राष्ट्रवाद बिटुलो हुन्छ ? के दौराको तुनामा हाम्रो राष्ट्रवाद अड्केको छ ?

पछिल्लो समयमा अमेरिका र नेपालको राजनीतिमा राष्ट्रवादको लहर उर्भराउँदो छ । नेपाले राष्ट्रवादलाई उकास्न भूपू प्रम केपी ओलीलाई अगाडि सारिएको छ भने अम्रिकी राष्ट्रवादितालाई उकेरा लगाउन डोनाल्ड ट्रम्पलाई अग्रभागमा देखाइएको छ । ओलीलाई टेवा दिने राजावादी, पञ्चे, पुरातनवादी शक्ति, हिन्दुराज्यका हिमायाती, बाहुन, खस, हिजो राज्य सत्तामा हालीमुहाली गरेका बाबुसाहेबहरु, काजीहरु र नश्लवादीहरु हुन् भने ट्रम्पलाई टेवा दिने टि पार्टी, अनुदारवादी रिपब्लिकानेहरु, अम्रिकाको ग्रामीण भेगमा बस्ने गोराराता घाँटीहरु (चभम लभअप), पूँजीवादलाई प्रयोग गरी प्रशस्त पूँजी बनाई राज्यलाई थोरै कर तिर्ने राजश्वमाराहरु, अम्रिकामा बिदेशी छिरेको देखि नसहने नश्लवादीहरु र गोराहरुकै हालीमुहाली हुनुपर्छ भन्ने जातिवादीहरु छन ।

कथित राष्ट्रवादको हुँकार लिएर देखा परेका यि दुई ब्यक्तिहरुले ब्यक्त गरेका अभिब्यक्तिहरुलाई केलाउने हो भने तिनको राष्ट्रवाद छर्लङ हुन्छ । सर्वप्रथम केपी ओलीकै कुरो लिउँ, जनयुद्ध र मधेश आन्दोलनबाट उपलब्ध संघीयतालाई उनले ‘बोकाको टाउकोमा भैंसीको सिँ’, ‘गोरु गाडा चढेर अमेरिकाको यात्रा’ भनि संज्ञा दिए । अनि त्यही संघीयताका हिमायती आफ्नै देशका बासिन्दाले गरेको आन्दोलनलाई मसान जागेको र जाति बिशेषलाई बाँदर, बिहारी भनेर जातीय बिद्वेष फैलाए । संघीयताले देश टुक्र्याउँछ, सोमालियामा जस्तै नरसंहार हुन्छ, संघीयता देशले थेग्न सक्दैन, सामथ्र्यले भ्याउँदैन आदि अनगिन्ती नकारात्मक प्रायोजित हल्ला चलाएर नेपाली जनताको दिमाग भुटन् खोजे । यि सबै नियोजित हल्लाको पछाडि एउटै मकसद रहेको छ, त्यो हो हिन्दु राजतन्त्रात्मक ब्यवस्थालाई पुनजीर्वित गरेर आर्यहरुको हालीमुहाली कायम गराउनु हो । नेपालमा भएका अन्य जातिहरुलाई हली, गोठालो, दरवान, पिपा, घाँसे, अर्दलीभन्दा माथि उठ्न नदिनु हो ।

संघीयताले देश बिखण्डन गर्छ भनेर अखण्डवादको नारा उरालेर त्यसमा राष्ट्रवाद घोलेर नेपाली जनतालाई पिलाउन चाहन्छ एकात्मेहरु । नेपाले राष्ट्रवादको एउटा आफ्नैपन के पनि छ भने जति भारतको बिरोध ग¥यो, त्यो नै सबैभन्दा ठूलो राष्ट्रवादी भइने बुझाई छ । केपी ओली त्यही फर्मुला प्रयोग गरेर खाँटी राष्ट्रवादी भै टोपले । आफ्नै देशका बन्धुहरु माथि बिषबमन गर्ने, उनीहरुको मागलाई बेबास्ता गर्ने कार्यले राष्ट्रवाद जाग्ला र ?
अब अम्रिकी राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्पको राष्ट्रवादिता हेरौँ । ःबपभ ब्mभचष्अब नचभबत बनबष्ल नै उनको मुल चुनावी नारा हो । उनको यस नारालाई मिसेल ओबामाले सटिक जवाफ दिएकी छिन् ‘हाम्रो देश पहिलेदेखि नै ग्रेट थियो र अझै पनि संसारका अन्य मुलुकभन्दा ग्रेट नै छौँ ।’ ट्रम्पको ‘ग्रेट’भित्र निक्रिष्ट सोच लुकेको कुरो कसैबाट पनि छिपेको छैन ।

अम्रिकामा गोराहरुको हालीमुहाली ल्याउने सोचलाई नै उनले ‘ग्रेट’को संज्ञा दिएका हुन । ओलीले जस्तै उनले पनि आफ्नै देशका बन्धुहरुप्रति निर्लज्ज रुपमा बिषबमन गरेका छन । अम्रिकालाई योस्तरमा ल्याई पु¥याउन लाखौंँ लाख ल्याटिन अमेरिकीहरुले गरेका कठोर श्रमलाई नजरान्दाज गरेर ति जातिलाई उनी ‘बलत्कारी’ र बेकामे भनेर प्याच्च भन्छन । ति जातिलाई भविष्यमा अम्रिका छिर्न नदिन मेक्सिकोको सीमानामा बिशाल पर्खाल नै लगाउने कुरा गर्छन् । अम्रिकामा भएका लाखौंँ मुस्लिमहरुलाई आतंककारीको दर्जा दिन्छन । आफ्ना प्रतिस्पर्धी र सञ्चारकर्मीहरुलाई तुच्छ गाली गर्छन् । युद्धोन्मान्दी कुरा गरेर अन्य देशसित बैरभाव मोल्छन । राजनीतिक लिगबाट हटेर अण्ट्सण्ट फण्टुस् कुराहरु गरेर जग हंसाइ गरिरहेको छ । साथसाथै घरिघरि भनिरहन्छ ‘ अम्रिकालाई फेरि एकचोटी शक्तिशाली बनाउँछौँ ।’

उनको ‘अमेरिकालाई शक्तिशाली बनाउने’ अभियानमा अम्रिकी मध्यम वर्गीय परिवारहरुको दुखेसो समेटिन्दैन र न्युनतम ज्यालामा काम गरी राज्यलाई इमान्दारिका साथ कर बुझाउने श्रमजिवी नागरिकहरुलाई उकास्ने कुनै बअतष्यल उबिल उनीसित छँदै छैन । धनीलाई धनी बनाउने एकसुत्रीय प्लान छ उनीसित । अम्रिकालाई शक्तिशाली बनाउने नभएर धनीहरुलाई झन् धनी र शक्तिवान बनाउने नै उनको नारा हो । आफ्नै देशका एकथरी बासिन्दालाई तिरस्कार गरेर अर्कोथरीलाई पोसेर राष्ट्रवादको नारा कार्यान्वयनमा आउँला त ? नेपाल र अमेरिकामा देखिएको राष्ट्रवाद त एकात्मे राष्ट्रवाद हो ।

राजनीतिक मञ्चमा ओली र ट्रम्प प्रवृत्ति मात्र हुन्छ, राजनीति भनेको असंगति, बिसंगति र बिब्ल्याटा मात्र हुन, राजनीति भनेकै शौचालय नै हो भनेर ठोकेरै भन्न मिल्ने अवस्था छैन । असल नियतले गरेका दुरगामी प्रभाव पार्ने असल राजनीति पनि हुन्छन । नेपाल र संयुक्त राज्य अमेरिकामा पनि भिजन, वजन भएका राजनीति गर्ने राजनीतिज्ञहरु छन । श्रमजिवी जनताको जीवन उकास्छु भनेर सामाजिक सक्रियतामा लाग्ने राजनीतिज्ञहरु छन । तिनलाई आमजनताले साथ दिनुपर्छ, समर्थन जनाउनु पर्दछ, सम्मान गर्नु पर्दछ ।

सर्वाङ्ग दुधले नुहाइएका आदर्शवादी ब्यक्ति र संगठन नखोज्दा हुन्छ । भैरहेका मध्ये राम्रालाई छुट्याएर तिनलाई जश दिनुपर्छ, माया गर्नुपर्छ, टेवा दिनु पर्दछ । अनि राष्ट्रवादकै कुरो गर्दा त्यो राष्ट्रवाद कुनै प्रतिक, पहिरन र प्रकृतिमा नखोजेर भावनामा खोजिनु पर्छ, मुटुमा संगालिनु पर्छ, ब्यवहारमा प्रष्टिनु पर्छ । क्षणिक नाराको राष्ट्रवाद त केवल मुतको न्यानो मात्र हो । दिगो राष्ट्रवाद दिलमा बसाउन त्यही देशका दीनदुखिको दिलो दिमागमा छाउनु पर्छ, तिनका इच्छा, आकांक्षा र चाहनालाई सम्बोधन गरिनु पर्छ । तब पो राष्ट्रवादले सार्थकता प्राप्त गर्छ । ‘राष्ट्रनै नरहे के को राष्ट्रियता ?’ भनेर एकात्मेहरु सोझा नेपालीहरुको संवेदनासित खेलबाड गर्छन् । हाम्रो राष्ट्र कतै जाँदैन, कसैले हड्पदैन । नचाहिने हौवा खडा नगरौँ । राष्ट्रवादिता त्यतिखेर धुमिल हुन्छ, मुर्झाउँछ र सकिन्छ, जतिबेला देशरुपी फूलबारीमा सबै फूलले एकनासले फक्रन पाउँदैन । कारण देश भनेको ढुङ्गा माटो र भौगोलिक सीमा नभएर, देश भनेको जनता हो । यो नयाँँ परिभाषालाई सबैले आत्मसात गरौँ ।

lama_sasang@yahoo.com