विचार

इतिहास जित्नेहरुको लागि मात्र होइन

–दीपा आले
भाग्य र समय यति बलवाल छ जहाँ केवल भगवानको कृपा र समयको साथ हुन्छ । भगवानको कृपा र आशिर्वादविना मानिसले यो संसारको कल्पना गर्न गाह्रो छ । किनकि प्रत्येक जिवित प्राणीमा भगवानको आत्मारुपी शक्ति हुन्छ । जुन शक्तिको कारण भौतिक वस्तुहरुको विकास भइरहेको छ । यो विश्वव्यापी मान्यता पनि हो । हरेक आत्मारुपी मानवप्राणीले महसुस गरेका छन् र व्यवहारमा समेत उतारेका छन् । र त कर्म गरेका छन् । त्यसैले त भनिन्छ मानिसले जति नै प्रयास गरे तापनि भाग्य र समय भन्दा अगाडि उसले केही पनि पाउँदैन । हरेक सफलता पाउनकोलागि भाग्य र समय कुर्नुपर्ने हुन्छ । कर्म त सबैले गरेका हुन्छन् । जुन दिन समय आउँछ त्यो दिन कसैले रोकेर रोकिँदैन । जसका कारण समय र भाग्यले मानिसको जीवनमा खुशी र सफलताको उमंग बोकेर आएको हुन्छ । मात्र लक्ष्यमा पुग्ने बाटाहरु भिन्न भएका हुन् । 

भनिन्छ भगवान एउटै हुन् तर भगवानलाई सम्झिने बाटाहरु फरक–फरक छन् । जुन बाटाहरुको लक्ष्य निर्धारण भगवान स्वयम्ले गर्नुहुन्छ । किनकि भगवानको इन्छा भनेको आध्यात्मिक स्तरसँगै भौतिक संसारको विकास होस् । हो आज नेपाल आइडलको चौथो स्थानमा पुगेर सबैको मन जित्न सफल सागर आले हाँसी हाँसी बाहिरिए । उनी संगैका प्रतिस्प्रर्धीहरु चौथोबाट तेस्रो स्थानमा पुग्न सफल भएतापनि आज विश्व भर स्वर संगीतका धनी सागर आले आम नेपालीको हृदयमा बस्न सफल भएका छन् । उनी स्वरका मात्र धनी होइनन्, एउटा असल, इमान्दार, धैर्यवान, संघर्षशील र अरुको खुशी हेर्न चाहने महासागर जस्तो ठूलो हृदय भएका महामानव हुन् । यस्तो उच्च सोंच र विशाल भण्डाररुपी विवेक जो कोहीमा हुँदैन । आफ्नो बारेमा भन्दा अरुको बारेमा बढी चिन्ता लिने र खुशी भएको देख्न चाहाने सागर आले आफू  नेपाल आइडलबाट बाहिरिँदै गर्दा समेत हासी–हासी आफ्नो पीडा बिर्सिए । त्यसैले सागरभित्र महासागर छ भन्दा फरक नपर्ला ।  उनका नयनमा आंशु रसाए पनि आफ्ना साथीहरुको सफलताको खुशीमा उनी कति पनि बिचलित नभइ मञ्चबाट नै शुभकामना दिए । बरु आंशु खसालेनन्, मन्द मुस्कानको मुहारमा बिदा भए । जसले गर्दा आयोजकहरुले आफूहरुलाई समाल्न नसक्ने अवस्थामा समेत पुगे । उनीसँगै आइडलमा आएर संगै बसेका साथीहरु भावविह्ल भएर रोएका थिए । उनीहरुको सामिप्यता बढेको थियो । सागरभित्रको सांगीतिक महासागरमा डुब्ने फ्यानहरुका लागि उनी बाहिरिँदा असह्य पीडा हुनु एकातर्फ स्वभाविक पनि हो । सागरलाई  नेपाल आइडल भएको हेर्न चाहाने शुभचिन्तक फ्यानहरु धेरै थिए । 

जब उनी बाहिरिँदै गर्दा देश–विदेशमा रहेका तपाई हामीले उनको प्रस्तुति हेरेकै थियौं । तत्क्षण उनले बोलेका कोमलरुपी मातृशैली भावसंगै दर्शकहरुलाई भावूक बनाएकै थिए । जसमा यो राइटर पनि अछुतो रहन सकेन । उनले जति–जति आफ्ना सुन्दर आत्मारुपी भावहरु प्रस्फुटन गर्दै गए उति–उति दर्शकहरुको नयनबाट आंशुहरु खसिरहेको थियो । कतिले सहन नसकेर फेसबुकमै आफ्ना अभिव्यक्तिहरु दिए, सहानुभूति दिए कतिले आयोजकलाई अपशब्दहरु बोले पनि । तर, सागरलाई अघिल्लो चरणमा प्रवेश गराउने निर्णय निर्णाकको हातमा थिएन । थियो त केबल एसएमएस भोटिङको । सागर आले हार्नुको एउटै कारण थियो भोटको कमी । उनले आफूलाई भोट गर्ने र माया गर्नेहरुलाई मञ्चबाटै सबैलाई धन्यवाद दिँदै आफ्ना भावहरु राख्दै गर्दा उनले एउटा यस्तो मर्मस्पर्सी शब्द बोले जुन शब्दले यो राइटरको भावविह्वल बन्न पुग्यो । उनले भनेका थिए– ‘मेरो बाबा आमाले मेरो लागि धेरै दुःख गर्नु भएको छ । बाबाले मेरो छोरालाई भोट दिनु होला म सागरको बाबा हो ।’ यो भनिरहँदा यो राइटरलाई पनि भित्रैबाट पीडावोध भएको थियो । जब यो राईटर स्थानीय चुनावमा उपप्रमुखको टिकट पाएर चुनावमा भिड्दै थियो तब यो राइटरको बाबाले पनि गाउंघरका साथीभाईहरु, इस्टमित्र, आफन्तहरुलाई हात जोडेर भोट माग्नु भएको थियो मेरो छोरीलाइै भोट दिनु होला भनेर । 

त्यति मात्र होइन विगतमा भोट हाल्नु भएका नेताहरुलाई समेत भन्नु भएको थियो मैले जीवन भर तपाईहरुलाई भोट दिए एक पटक मेरो छोरीलाई भोट हालेर जिताइदिनु होला । तर भोटको नजिता यति सोचेजस्तो आएन । कुरा बुझ्दै गर्दा चुनावमा पैसा, रक्सी र मासुको खेल हुँदोरहेछ । जोसँग यी चिजहरु दिन सक्ने हैसियत हुन्छ, यस्ता चीजहरुसँग खेल्ने पावर हुन्छ उसैको शक्ति र सत्तामा रजाई हुँदोरहेछ । चुनावको खेलले जीवनमा ठूलो सिकाइ भएको महसुस भएको छ । किनकि हामी निम्न–मध्यम वर्गको परिवारका सन्तान जो हौं । न हामीसँग पावर छ, न त हामीसँग शीर्ष नेताहरुसँगको सामिप्यता । छ त केवल निःस्वार्थ काम गर्ने सक्ने क्षमता, दक्षता, इमान्दारीता र संघर्ष गर्न सक्ने जीवन । र त्यो भन्दा महत्वपूर्ण अरुको खुशीमा रमाउने मन मात्रै । 

जब सागरले आफ्नो अभिव्यक्ति राख्दै गर्दा उनले भनेका थिए सानो परिवार भएर होला...। उनको भावले झल्काउथ्यो, आर्थिक अभावले क्षमता हुँदा हुँदै पनि भोट किन्न सकेनन् । त्यसैले उनले अन्तिम चारमै चित्त बुझाउनुप¥यो । सबै कुरा भन्नुपर्छ भन्ने छैन, त्यो त आफैले बुझ्नुपर्ने कुरो हो । चाहे राजनीतिमा होस्, चाहे खेलकुदमा होस्, चाहे शिक्षामा होस चाहे कला–नृत्य तथा गायनमा नै किन नहोस् । प्रतिस्पर्धामा भाग लिएपछि सबैले जित्ने अपेक्षा गरेकै हुन्छन् । कोही पनि हार्न चाहदैनन् तर नचाहँदा नचाहँदै पनि कतिपय अवस्थामा मैदान छाडेर बाहिर निस्कुनुपर्ने अवस्था हुन्छ । आफूलाई माया गर्ने विश्वास र सफलताको शिखरमा पुगेको हेर्न चाहाने दर्शकहरु, जनताहरु र मित्रजनहरुको भावनालाई पुरा गर्न नसक्दा कता–कता यो संघर्षशील जीवनमा भाग्य र समय नआएको हो कि भन्ने हुन्छ । तर समय र भाग्यले जति ठगेपनि जस्तो सुकै परिस्थिति आएपनि उमंगसहित अगाडि बढ्नु नै सफल जीवन हो भनेर नजिकबाट बुझ्न पाइएको छ । तर जीवन भोगाइको क्रममा संघर्षशील यात्रा गर्दै गर्दा त्यति मात्र जीवन नरहेछ । मैदानबाट हारेर बाहिर निस्क्दिै गर्दा हामीलाई अर्को अवसरले बाटो कुरेर बसिरहेको हुँदोरहेछ । ती अवसरभन्दा विशाल अवसरहरुले तछाडमछाड गर्दै पर्खिरहेका हुँदा रहेछन् । 

आज हाम्रोमाझ सागर आलेको जीवन कथालाई हेर्न सक्छौं । उनलाई नेपाल आइडलले दिने भन्दाबढी धनराशी मात्र होइन उनलाई हृदय देखि मायागर्ने मानिसहरु विश्वभर छन् । उनको इमान्दारिता, क्षमता र संघर्षलाई सम्मान र इज्जत गर्ने हृदय भएका मानिसहरु तमाम छन् । उनलाई माया गरेर हृदयमा राख्ने दर्शकहरु लाखौं छन्  । उनको भविष्यलाई सुन्दर बनाउने आम हातहरु आज दिन प्रतिदिन बढीरहेको छन् । सागरलाई माया गर्नेहरु सामाजिक सञ्जालमा आफ्ना भावनाहरु व्यक्त गरेका छन् । उनी आइडलबाट बाहिर निस्किसक्दा पनि उनकै चर्चा छ– गाउंघर शहरबजार मात्र होइन मिडियामा पनि । जब मानिसको दिल सफा हुन्छ । जब मानिसको क्षमता संघर्षशील हुन्छ । जब मानिसको आत्मा सुन्दर र पवित्र हुन्छ तब त्यस्ता व्यक्ति जीवनमा कहिल्यै एक्लै हुंदैनन् र जीवनमा कहिल्यै हार्दैनन् पनि ।  किनकि यो सबै खेल भनेको भगवानको हो । हुन त भगवान प्रति आस्था नराख्ने व्यक्तिलाई यस्तो कुरा गरेको यत्ति चित्त नबुझला तर भगवानप्रति आस्था राख्नेहरुलाई पक्कै मनपर्छ । किनकि हार र जितको मैदान छाडेर बाहिर निस्किँदै गर्दा पनि आज सागर सबैको प्यारो बन्न सफल भएका छन्  ।

संसारमा बाँच्नु मात्र पर्छ सबै देखिन्छ भन्थे साँच्चै रहेछ । इतिहासले त भन्छ मैदानबाट हारेर बाहिर निस्किएको इतिहास लेखिँदैन भनेर तर आज सागरको असल जीवन कथाले संसारमा इतिहास रच्दैछ । असल मानिस बन्नको लागि कुनै जातले रोक्दैन न त धनसम्पत्तिले न त देशले नै । आज सागरजस्ता महान आत्मा भएका असल व्यक्तिहरु यो संसारमा जन्म लिन पुगेका छन् । हजारौं मानिसहरु आफ्नो जीवनमा दुःख र पीडा अनि आत्मागलानी गरेर जीवनयापन गरिरहेकाहरुलाई सागर एउटा उदाहरण बनेर चम्कीएका छन् । अझ निम्न परिवारका सन्तानहरुकालागि सागर झनै प्रेरणाको मार्ग बन्न पुगेका छन् ।  कोही जितेर पनि हारेका छन् भने कोही हारेर पनि यो संसारमा जितेका छन् । भगवानले दिएको कलामा न त जात हुन्छ नत धर्म । कला भगवानको शक्ति हो जो भगवानद्धारा प्रशारित हुन्छ यो कुरा सबैले बुझेको हुनुपर्छ । हाम्रो मुलुकमा अझ पनि जातीय, धार्मिक विषयलाई लिएर मानव मानव विचमा भेदभाव गरिएको छ । जातीय टयाग लगाउने काम गरिएको छ । जातीय नजरले हेर्ने गरिएको छ । यस्ता सबै खाले भम्रलाई चिर्दै हामी मानव भएको मानवतावाद सोंचको विकास हुनु पर्छ ।  आज विश्वमा त्यति कै किम जोंगको नाम आएको छैन । विश्वमा एकछत्र राज गर्न खोज्ने अमेरिका माथि त्यति कै किमले यति ठूलो कदम चालेका होइनन् यसको पनि अर्थ छ । त्यसैले हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा जातीबाद, क्रिपाबाद र विचारबादलाई भन्दा असल मानवतावादको भावलाई बुझेर अघि बढ्न जरुरी छ । किन कि हरेक मानिसको क्षमता, दक्षता र इमान्दारीतालाई सही ढंगले कदर गर्न सक्नु पर्छ अनि मात्र राष्ट्रको र जनताको भविष्य सुन्दर हुन्छ । 

जीवन भनेको संघर्षमय निरन्तर बगीरहने यात्रा हो । यो यात्राको क्रममा सागरलाई हामी मांझ पुराउन सफल एपि वान च्यालनलाई धन्यवाद दिनै पर्छ । एपि वान च्यालन प्रशासन नभएको भए सागरले आफ्नो प्रतिभा हामी मांझ देखाउन समय लाग्थ्यो होला र आज जुन विश्वभर उनको कला गला र इमान्दारिताको चर्चा छ त्यो रंगमञ्चमा उनलाई हेर्न पायौ । सागर संगैका साथीहरु निशान, प्रताप, बुद्ध, सुरज, सुजता, प्रमिला मनोज लगायतका सबैको आ आफ्नो ठाउंमा सुन्दर कला र कला थिए । कोही पनि कोही भन्दा कमि थिएन थियो त समय र भाग्य ।  किन कि तिमीलाई अबको दिनमा एउटा आइडलको घेरा भित्र मात्र होइन विश्वभरको आइडल भएको हेर्न चाहान्छ त्यसैले समय र भाग्यले तिमीलाई अर्को बाटो देखायो । यो पनि समय र भाग्यको खेल हो । जब समयले स्थान दिन्छ जब भाग्यले साथ दिन्छ तब कसैले रोकेर रोकिदैन भन्ने कुरा आज सागरलाई आम जनमानसले महासागरको रुपमा रहेको अवस्था छ । यो प्रेरणा र हौसला आउने नयाँ पिडिले पनि सिक्नेछन् । 

त्यसैले सागर तिमी कतिपनि विचलीत नहुनु । किन कि तिम्रो भविष्य सुन्दर छ । जो मानिसको अन्तरआत्मा देखि कला, विवेक र इमान्दारीता प्रस्फुटन हुन्छ त्यहाँ भगवानको बास हुन्छ । भगवानदेखि सञ्चालित तिम्रो कलाको आत्मालाई भगवानले पक्कै पनि न्याय गर्ने छन् । जीवनमा ठूला–ठूला अवसरहरुले तिमीलाई फर्खिबसेका छन् । अब जीवनमा भएका नराम्रा कुरालाई पन्छाउँदै सुन्दर भविष्यको बाटोमा लाग्नु । सबैभन्दा ठूलो कुरो जहाँ जे गरेपनि विवेकशील बन्नु, अध्ययन गर्न कहिल्यै नभुल्नु त्यही मार्गले तिमीलाई जीवनमा सगरमाथाको शिखरमा पु¥याउनेछ । त्यसैले तिम्रो सपना नेपाल आइडल बन्ने मात्र होइन अबका दिनमा विश्व आइडलमा फड्को मार्नुपर्छ । तिमी सबैको साझा कलाकार हौं । तिम्रो कला र गलामा नेपालीको भाषा, धर्म, संस्कृति र आफ्नै मौलिकपन झल्किन्छ । सबै प्रकारका गीत आउन सक्ने कला र गला दिएर भगवानले तिमीलाई यस धर्तिमा पठाउनु भएको छ ।  यसको भरपूर सदुपयोग गर्दै देश र जनताको शिर उच्च राख्नु । आइडलमा भाग लिदै गर्दा तिमीमाथि लगाइएका विचारवाद तथा जातीवादलाई चिरफार गर्दै माथि उठेर अघि बढ्नुपर्छ । भौतिक रुपमा तिमी निम्न भएको महसुस भएपनि आध्यामिक रुपमा तिमी सधैं उच्च सोंच राखेर अघि बढ्नु । आम दर्शकले सोचेको सपना पुरा गर्नुछ, त्योभन्दा ठूलो सपना तिम्रो बाबा र आमाले देख्नु भएको दिवाप्रकाशीय सपनाहरु पूरा गरेर देखाउनु । आउँदा दिनहरुमा तिम्रो अझ प्रगति भएको सुन्न र देख्न पाऊ । मेरोतर्फबाट लाखौंलाख शुभकामना ।