विचार

सेक्रीफाईस नेभर डाईस

जशकुमार राई

सहीद रत्नकुमार वान्तवा, बमप्रसाद वान्तावा र नीमा शेर्पाको जीवनमा आधारित डकुमेन्ट्री ‘सक्रिफाइस नेभर डाइज’ सान फ्रान्सिस्को ग्लोबल फिल्म फेस्टिबल २०१५’ मा प्रदर्शन हुने भएको खबर पाएपछि निक्कै ठूलो लडाई जितेको अनुभूति भएको थियो । प्रर्दशनी भयो केही नेपालीहरुले हेरे राम्रो प्रतिक्रिया दिए । महोत्सवमा सहभागी भए पनि यो फिल्म नेपालीहरुको बाक्लो वस्ती न्यूयोर्कमा भने प्रर्दशन हुन बाँकी । यो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रर्दशन पश्चात् एउटा सफलता रत्नकुमार वान्तावालाई नेपाल सरकारले सहिद भनेर ट्याग भने लगाई दिएका छन ।

रत्नकुमार बान्तावा, बमप्रसाद बान्तावा र मीङमा शेर्पा २०३५ सालमा ईलाममा पञ्चायतको गोलीबाट मारिए । झन्डै ३८ वर्र्षपछि रत्नकुमार बान्तावालाई शहिदको विल्ला भिराए तर बमप्रसाद बान्तावा र मीङमा शेर्पालाई भने नेपाल सरकारले अझै पनि आतंककारी नै देख्यो । किन यस्तो हुन्छ ? एउटै घट्नामा एउटै उद्देश्यका साथ मारिएकाहरुलाई किन छुट्याएर विल्ला भिराइन्छ ? नेपाल सरकारको आँखामा ब्राम्हणबादको चस्मा यहीबाट प्रष्ट हुन्छ । फुटाउ र लामो समय राज गर । ईलामको राजनीतिक हैसियत उचो राख्ने यी तीन सहिद पार्टीले मान्दै आएको छ । त्यही पाटी जब सरकारमा जान्छ तब गडबड भै हाल्छ ? दृष्टिकोणमा फरक भै हाल्छ ।

रत्नकुमार बान्तावा
रत्नकुमार वान्तावा वान्तावा भाषाको पहिलो कवि थिए । जसले माक्र्सवादको सिद्धान्तलाई वान्तावा भाषाको साहित्यमा उतारेर देशमा भैरहेको अन्याय अत्याचारलाई गीत बनाएर आफ्नो जातिलाई चेतनाको सन्देश दिएका थिए त्यतिबेला नेपालीभन्दा पनि वान्तावा भाषा नै ईलामको गाँउहरुमा प्रचलित थियो ।

उठौ है गरिबहरु हो, हात हातमा हतियार लिएर
जमिन्दारहरुलाई गिड्दै अब हाम्रो राज्य ल्याउनुपर्छ
अनि मात्र देश मुक्त हुन्छ ।
(गीत वान्तावा भाषाबाट अनुवाद)
यो गीत गाउने अन्तरे भाई महेश अहिले पनि इलाममा गुनगुनाउँदै गरेको भेटिन्छन । इलामको चमैता–७, चित्रे रत्नकुमार बान्तावा गाउँ हो । यो गाउँमा नै रत्नकुमारको राजनीतिक विराषत फैलिएको छ । २०३५ साल जेठमा रत्नको नेतृत्वमा मोहनकुमार, बम बान्तवा, डिल्लीप्रसाद र पदम राईले इलामको यहि गाँउमा युद्धको लागि सुरूङ खने । हाल यो सुरुङ कम्यूनिष्टहरुको तीथस्थलको रुपमा लिइन्छ । भियतनामी गुरिल्लाहरूको ‘सुरूङ युद्ध’बाट प्रेरित भएर रत्नको कोठाबाट र नजिकै रहेको पुष्पलाल राईको घरसम्म सुरूङ जोडाउन खोजिएको छ । ८ महिना लगाएर बनाइएको सुरूङभित्रै ७ जनासम्म बसेर बैठक गर्न सकिन्छ ।
२०३५ फागुन २० मा तत्कालीन नेकपा माले केन्द्रीय कमिटीको निर्देशन र रत्नको नेतृत्वमा इलाम जिल्ला कमिटीले पञ्चायती सरकारविरूद्ध जनताको आवाजलाई मुखरित गर्दै जिल्लाव्यापी वालिङ, पोष्टरिङ ग¥यो, । प्रहरी दमन उग्र बन्न थाल्यो । त्यही फागुन २४ गते जिल्ला कमिटी सदस्य लोकबहादुर लिम्बुको इलामको नामसालिङस्थित घरमा बिहान ९ बजे रत्न प्रहरी घेरामा परे । युद्ध कौशल र अत्यन्त चतुर रत्न प्रहरी घेरा तोडेर आफू र सहकर्र्मीलाई बचाउन सफल भए । त्यसपछि रत्नलाई पक्रन जिल्लाव्यापी प्रहरी परिचालित भए । रत्नको गाउँ अब युद्धस्थलको रुपमा परिणत भैसकको थियो ।  रत्नको  कोठाबाट खनिएको सुुरुङको पर्दाफास भैइसकेको थियो । प्रशासन र गाउँको पञ्चायत सर्मथक गाउँले मिलेर परिवारको विल्लीबाठ बनाई सकेको थियो । गाउँमा लडेर मरेको गोरु काटेर खाएको आरोपमा बुबा र भाइहरू २०३५ चैत पहिलो साता पक्राउ परिसकेका थिए ।
रत्न यो घटनाको बारेमा सूचना भएपनि गम्भीर भने भएका थिएनन् । ईभाङमा चैत २७ गते बिहान ४ बजेतिर सुशीला श्रेष्ठलाई ताप्लेजुङ पु¥याउन, बैहिनी राममाया राईलाई लिएर रत्न ताप्लेजुङ प्रस्थान गरे । अगम बान्तावा केहीपछि थिए । केही अगाडि बढ्नासाथ सदरमुकामबाट आएको प्रहरी टोलीसँग जम्काभेट भयो । केहीबेरको घम्साघम्सीपछि प्रहरीले रत्नलाई ताकेर गोली हाने । उनको त्यही हत्या भयो ।

बमप्रसाद वान्तावा
बमप्रसाद बान्तावा रत्नका बालसखा र विश्वासीलो साथी हुन । रत्नकुमारको हत्यापछि गाँउमा । साखेजुंगको ध्वजबहादुर राईको घरमा लुकेर बसेका थिए । त्यो एक महिना चित्रे नजिकको महभीरको जंगल, कालिखोला, सिंखर्क तिर भौतारिएर बसेका थिए । राजनीतिक अनि भूमिगत चेत भएका बम रत्नको बदला लिनुपर्छ भनेर बैशाख १ गते रत्नको श्रदान्जली सभामा कसम खाएका थिए । धेरै दिनको अनिन्द्रा भोकले जर्जर भएका बम बान्तावा र उनीसँग हिडी रहेका अशोक राई साखेजुंगको ध्वजबहादुर राईको घरमा विहानपख पक्राउ परे । पक्राउ परेको दिनभर यातना दिएर राखे । यातनाबाट चार पटक बेहोश भए पनि कुनै गोप्य कुरा खोल्न नमानेको कारण पुलिसले गोली हानी हत्या गरेको प्रत्यक्षदर्शी तथा साथी अशोक राईको कथन छ । बैैसाख २८ गते २०३६ सालमा यिनी मारिएपछि प्रहरी प्रशासनको अपरेशन अन्त्य भएको थियो ।

नीमा शेर्पा
यो बेला सबैभन्दा पहिले चैत्र २४ गते  मारिएका हुन । चमैता ८ हो घर । लाल चौक । साधुटार भन्छ घरभन्दा अलि पर चप्लेटी ढृंगामा आड लिएर बसेको बेला गोली लाग्यो । त्यो राति चाहिँ जर्बजस्ती पुलिसले घरको एक जना गोरिल्ला खोज्न जानुपर्छ भनेकोले गर्दा निमा शेर्पा पनि त्यसदीन पुलिससँगै हिडेका थिए ।

चमैता फुटबलका टिम क्यप्टेन अझ पढाइमा अब्बल । चमैताका वडा अध्यक्षका छोरा रत्नकुमारका फुटबल खेल्ने साथी साथै राजनीतिक सहयात्री पनि हुन नीमा । लामा शिक्षा लिएका थिए । त्यो बेला गाउँको मान्छेलाई प्रौढ शिक्षा आप्mनै गोठमा सञ्चालन गरेका थिए । गाउँका मानिसहरुको लेखापढी गरिदिनु प¥यो भने पनि निमा शेर्पा नै अगाडि देखिन्थे । पारिवारिक सुत्रका अनुसार तत्कालिन शाही नेपाली सेनामा आर्मी जागिर पनि एक साल खाएर छोडेका हुन । यही जागिर छाडेर रत्नकुमारसँग हिडपछि मात्रै पोल झोस भएर मारिएका हुन । शेर्पाहरुको पहिलो शहिदको रुपमा मैले भन्ने गरेको छु । शेर्पाहरुले यस विषयमा अझ गम्भीर भएर छलफल गर्नु राम्रो होला । पार्टीलाई छाडिदिएमा निमा शेर्पा केही पनि हुँदैनन् । उनको तस्वीर पनि पाउन मुस्कील भएको अवस्थामा शहिद मान्न निक्कै गार्हाे छ ।

अन्त्यमा, यही दशक नै इलामकै राजनीतिक सहयोद्धा सुवासचन्द्र नेम्बाङ यो देशको सभामुख बने । सहयात्री झलनाथ खनाल पार्टीको प्रमुख अनि देशकै प्रधानमन्त्री बने । कम्युनिष्ट नै पार्टी सत्ताको संघार अनि घरमा हाली मुहाली बनी रहे । साथै आफ्नै क्लासमेट ईश्वर पोखरेल पार्टीका महासचिव र उपप्रधानमन्त्रीसम्म बने । अहिले झापाका प्रधानमन्त्री रत्न बम र निमाकै पार्टीको सहकर्मी नेपालका प्रधानमन्त्री छन ।
रत्नकुमार वान्तावाको पहुँच केन्द्रीय नताहरुसँग सजिलै पुग्छ त्यही भएर यिनी ३८ वर्षपछि सहिद भए । नीमा शेर्पा र बम बान्तावा अझै पनि लाईनमा बसी रहेका छन । राजनीति गर्नेहरुले किस्ताबन्दीमा उपलब्ध गराएको अधिकार हेर्दा लाज लाग्छ । पञ्चायत ढाल्नका लागि यिनको जीवन एकै पटकमा समाप्त पारिएका थिए । यसै एउटा बलिदानलाई आधार मानेर ‘सेक्रीफाइस नेभर डाईस’ बृत्तचित्र बनाए  । एक हदसम्म सहीद नभएका रत्नकुमार बान्तावालाई त बल मिल्यो तर अरु दुई फेरि सहीद भएकोमा मलाई निक्कै दुःख लागेको छ । सहिद हुने पालो पर्खेर बसेको मैले नेपालमा बाहेक कहि देखिन खै किन यस्तो हुन्छ ? मैले आफैलाई प्रश्न गर्ने गरेको छु ।