विचार

हाम्रो साहित्य र युवा दायित्व

अहिले नेपाली युवाहरु पश्चिमी संस्कारमा वायुपङ्खी घोडाको रफ्तारमा दौडिरहेको बेलामा नेपाली साहित्यले भने गतिहीन पाइला सार्दै छ । अहिले नेपाली स्कूल र कलेजमा नेपाली साहित्य र लेखनलाई छायामा पारी पश्चिमी साहित्यहरुको पढाइ गरिन्छ त्यसले नेपाली साहित्यको विकासलाई धेरै पछिसम्म पछाडि धकेल्छ । पश्चिमी साहित्यको पढाइ हुनु राम्रै हो तर नेपाली साहित्यलाई लत्याउनु भने नराम्रो हो । हाम्रा नवजवानहरुलाई हाम्रो लेखन बिधाका पात्रहरु कति छन भन्ने कुराको कुनै मतलब नै छैन, यसको मतलब हुन्छ लेखन बिधाका सृजकहरुको अपमान, तर यो हाम्रो युवा पिंढीको दोष होइन की हाम्रो शिक्षा नीतिको कमजोरी हो । नेपाली शिक्षाको नरमाइलो पक्ष भनेको हामीले नेपाली साहित्यको जगेर्ना गर्न नसक्नु हो । आफ्नो साहित्यिक विकास नै देशको विकासको एक धरोहर हो भनेर बुझ्न नसक्नु हाम्रो समाजको लागि अभिशाप हो ।

अहिलेको नेपाली राजनीतिको पहिरोले नेपालको भाषा, साहित्य धर्म र संस्कारलाई पुर्दैछ जसलाई समयमै संगठित रुपमा बचाउन सकेनौ भने जुन सदियौंसम्म पनि उतार्न सकिन्न । नेपाली साहित्य बिधाका कति पाटाहरु नेपाली समाजको मनोभाबहरुसँग गासिएका छन जुन प्रत्येक नेपालीहरुले बुझ्न र मनन गर्न आबश्यक छ । जसले नेपाली समाजको दुःख, पीडा, सुख, हाँसो, प्रेम, संमृद्धि र नेपाली भाषा र संस्कृतिलाई अनुभूति दिलाउछ जुन देशमा सौभाद्रताको लागि अति आबश्यक छ । अहिले आएर केही समय यता नेपाली युवाहरु नेपाली पुस्तकप्रति अलि अलि आकर्षित भए जस्तो देखिएपनि नेपाली साहित्यलाई बढावा दिन सरकारी संयन्त्र नै लाग्नु पर्छ । शिक्षा नीतिमा नै ल्याउनु पर्दछ ।  
यस्ता नेपाली सहित्यका बिधाहरुको पठन पाठन नेपाली स्कूल र कलेजहरुमा गराइनुपर्नेछ । विदेशी साहित्यहरुमात्र होइन नेपाली साहित्यहरु पनि त्यतिनै स्तरीय छन भन्ने कुरा हामीले बुझ्न जरुरी छ, मात्र यति कुराको फरक हो नेपाली साहित्यले अन्तर्राष्ट्रिय बजार पाएको छैनन् । अहिलेको विश्वव्यापीकरणकोे युगमा हामीले हाम्रो साहित्यलाई बिभिन्न भाषामा अनुबाद गरेर भएपनि अन्तर्राष्ट्रियकरण गर्न सक्नु पर्दछ । जसलाई अब नेपाली आधुनिक युवाहरुले विदेशी पाठकहरु माझ पनि पु¥याउन जरुरी छ जसले गर्दा हाम्रा साहित्यका सर्जकहरुले आफूलाई आर्थिक रुपमा सबल बनाउन सक्नेछन र अझ निरन्तर रुपमा साहित्यको विकास गर्न सक्ने वातावरण भविष्यमा तयार हुनेछ जसले गर्दा प्रत्येक नेपालीले आफूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा आफूलाई सम्मानित भएका पाउनेछन । अहिलेका युवाहरुले नेपाली साहित्यलाई विदेशी पाठकहरुबीच अलिकति पनि प्रवद्र्धन गर्न सक्यो भने जसले नेपालीको खस्किएकोे छविमाथि अलिकति भए पनि इज्जतको लेप लगाइदिने काम भने अवश्य गर्दछ ।