विचार

धर्म परिवर्तनले जातीय मुक्ति हुन्छ ?

-गिदोन लामिछाने

नेपाली समाजमा धर्म परिवर्तन भन्ने वित्तिकै परम्परागत धार्मिक मूल्य–मान्यतालाई त्यागेर नयाँ धर्म संस्कारमा लाग्नु भन्ने बुझिन्छ । नेपालको संविधान भाग–३ को धारा २३ ले समेत धर्म परिवर्तन गर्नुलाई अपराध मानेको छ र जर्बजस्ती धर्म परिवर्तन गराएमा आर्थिक जरिवाना र कैदको सजाय समेत तोकेको छ । सरकारबाटै बर्जित गरिएको यस विषयमा हामीले गम्भीरतापूर्वक विचार विमर्श गर्न आवश्यक छ । किनकी जुन कुरा सरकारले अपराधका रुपमा परिभाषित गरिरहेको छ तर समलिङ्गी, मद्यपान, धुम्रपान, व्यभिचारजस्ता कुरालाई भने सामान्य रुपमा लिएको छ । यो संविधान निर्माण गर्ने र कानुन बनाउनेहरुको कमजोर मानसिकताका कारण यस्तो भएको हो ।
धर्म भनेको परम्परा हो । सबै परम्परा मानव समाजको हितमा हुँदैनन् । कतिपय परम्पराहरु मानवहितका विरुद्धमा हुन्छन् । यस्ता परम्पररा स्थापना गर्ने व्यक्तिहरु नै हुन् । व्यक्तिको गलत सोंचका कारण लामो समयसम्म सारा मानिसहरु प्रताडित हुनु सहि मान्न सकिन्दैन । हाम्रा परम्पराहरु सबै जोगाउनु पर्छ भन्ने हो भने त शतिप्रथा, हलियाप्रथा, दासप्रथा आदिको अन्त्य हुने कुरा सम्भव थिएन । निकै डरलाग्दा परम्पराहरु नेपाली समाजमा तोडिएका छन् । यद्यपि लिङ्गीय, जातीय र क्षेत्रीय परम्पराहरु तोडिएका छैनन् । लिङ्गको आधारमा महिलाहरुलाई भेदभाव गर्ने, जातीय आधारमा दलितहरुलाई विभेद गरिने र क्षेत्रीय रुपमा शहरीयाहरुले पहाडीयाहरुलाई र पहाडीयाहरुले मधेशी वा हिमाली क्षेत्रमा बसोबास गर्नेहरुलाई हेप्ने परम्परा सहि होइन । यस्ता भेदभावले धर्म संस्कृतिकै बद््नाम गरिरहेको हुन्छ । त्यस्ता धर्म संस्कृति र परम्परामध्ये मानिसले के सहि ? के गलत भन्ने कुरा छुट््याउन सक्नु पर्छ । धर्म संस्कृतिको नाममा गलत र मानव समाजलाई अहित गर्ने कुनै पनि मूल्य–मान्यतालाई प्रश्रय दिनु हुँदैन त्यस्ता परम्परा, मूल्य–मान्यता र धर्म–संस्कृतिको विनाश गरी सुसंस्कृति, सभ्यता र मानवहितका धर्महरुको विकासमा जोड दिनुपर्छ ।
वैदिक धर्मशास्त्रहरु उबेलाको मानव चेतनाको विकास र तत्कालिन समाज अनुसारको ठिकै थियो होला तर अहिले कति सुहाउँदो कति नसुहाउँदो त्यो मानिस जातिले छानविन गर्न पाउने कि नपाउने ? अहिले पनि एउटा वर्ग छ जो धर्मको नाममा निकै फाइदा उठाइरहेको छ र त्यसभित्र लाखांै मानिसहरुबाट फाइदा उठाइ रहेको छ । आफूले खाइपाई आएको मानोचामल गुम्ने खतराका कारण सुसंस्कृति र सभ्य समाज निर्माणका निम्ति लागि परेकाहरुलाई धर्म परिवर्तन गरेको आरोप लगाई राज्यसत्ताको दुरुपयोग गर्नु भनेको निकै ठूलो अपराध हो । विचारबाट मानिसलाई बदल्न बल प्रयोग गरेर होइन हृदयमा प्रभाव पारेर मात्रै सम्भव छ । भारतमा डा.अम्बेडकरले त्यहाँको हिन्दू धर्म–संस्कारबाट पछि पारिएको ठूलो जनसंख्यामा रहेको समुदायलाई जातीय रुपमा गरिएको चरम विभेदको निम्ति निकै नै संघर्ष गरे तर अन्तसम्म गरेको प्रयत्न असफल भयो । हिन्दू धर्मभित्रैबाटै पनि जातीय विभेदको अन्त्यका निम्ति संघर्ष भए । अम्बेडकर कै नेतृत्वमा संविधान लेखनको कार्य पनि सम्पन्न भएको थियो र संबैधानिक रुपमा कुनै जातीय विभेद गर्न नपाउने कानुन निर्माण भएको थियो तर त्यसको कार्यान्वयन नभएपछि त्यसका अभियान्ता डा. अम्बेडकर स्वयमले धर्म परिवर्तन गरेका थिए । त्यो विकल्प थियो । अहिले नेपाली समाजमा पनि धर्म परिवर्तनले जातीय विभेद मुक्त हुँदैन भन्ने विचार निकै अगाडि बढेको छ । खास गरेर राजनीतिक दलहरुबाटै धर्म परिवर्तनले जातीय मुक्ति नहुने तर्क अघि सारेका छन् र त्यसका कार्यकर्ताहरु यस मुद्दामा निकै सक्रिय भएर लागेको देखिन्छ । खास किन यस्तो विवाद भइरहेको छ त ?
नेपाल एकीकरण पूर्व गणतन्त्रात्मक मुलुक हो । गोरखाका तत्कालिन राजा पृथ्वीनारायण शाहले १९औं शताब्दीमा गोरखे साम्राज्य विस्तार गर्नेक्रममा ५२ वटा गणराज्यलाई बलजफ्ती रुपमा आफ्नो साम्राज्यमा गाभेका थिए । उनले वि.सं. १८२५ मा उपत्यकामाथि हमला गरी विजयी भएपछि नेपाल नामाकरण गरि नेपालको नाममा अन्य राज्यहरुमा हमला गरे । सो बेला नै उनले नेपाललाई असली हिन्दूस्थान बनाउने संकल्प गरेका थिए । उनले सो अभियानमा एक भाषा खस पर्वते, एक धर्म हिन्दू, र एक राष्टियता नेपाली बनाई अन्य भाषा, धर्म संस्कृतिको समूल नष्ट गरे । पृथ्वीनारायणको यो नीति मनुस्मृतिमा आधारित वैदिक धर्मशास्त्र हिन्दू संस्कार संस्कृतिअनुसार थियो । उनले शासन सत्ता प्रारम्भमा नै १८ वटा जातलाई विभाजन गरी ३६ वटा जात बनाइ दिए । ब्राह्मण, क्षेत्री, बैश्य र शुद्र यी ४ वर्णवादी व्यवस्था जो हिन्दूधर्मको मूल मर्म हो त्यसमा आधारित यो जातीय प्रथा हिन्दू धर्मको मुख्य अंश हो । हिन्दू धर्मको विरोध गर्ने भनेको त्यसबाट प्रताडित समुदाय नै हुनुपर्छ । शासक वर्गबाट यसको संरक्षणमा जोड दिइन्छ । तर यस धर्मबाट पीडित बनेकाहरु नै यसको संरक्षणमा जुट््नुपर्छ भन्ने मूर्खतापूर्ण अभ्यास गरिएको पाइन्छ यो निकै खतरनाक विषय हो । आफूमाथि भएको थिचोमिचो, अन्याय, अत्याचार, विभेद र दमन सहनु हुँदैन त्यसबाट शान्तिपूर्ण विद्रोह गर्नु नै धर्म परिवर्तन हो । धर्म परिवर्तन गर्नु शासकहरुका निम्ति अपराध भएपनि शाषितहरुको निम्ति पोक्ष (मुक्ति) प्राप्त गर्नु नै हो ।
हिन्दू भनेको सभ्यता वा संस्कार हो । सिन्धुघाँटीमा बसोबास गर्नेहरु जो ब्राह्मण जातिका पुरुष मानिसहरु वैदिक शास्त्रको अध्ययन गर्ने, पुजापाठ गर्ने, मठमन्दिरमा श्रद्धा र भक्ति गर्ने तथा मानिसहरुलाई उपदेश दिने कर्म गर्ने व्यक्ति हिन्दू हो । यो काम आर्यवंशीहरुले गरेका थिए । आर्य भनेको उक्त कर्म गर्ने व्यक्तिहरु हुन् । ईश्वरले बनाएको पहिलो मानिस आदम र हब्बाबाट सुरु भएको मानव जाति अदनको बगैचामा पहिलो जिम्मेवारी पाएको थियो । मानिसको पापमा भएको पतनसँगै पुन ः नोहाबाट दोस्रो मानव समाजको शुभारम्भ भएको हो । नोहाका ३ भाई छोराहरु शेम, हाम र येपेत थिए । माइला छोरा हाम र उसको वंशमा आएको पैत्रिक सरापबारे गम्भीर अवस्था भेटिन्छ, नोहाका नाती हामका पुत्र कनान र हिबु्र जाति (वंश) बाट टुक्राएर आफ््नो परिवार लिएर प्यालेष्टाइनमा आएर बसोबास गरेको इतिहास छ । हामका पुत्र कनान यहाँ आएर बसोबास गरेकाले उनले आफ््नै नाममा त्यसभूमिलाई कनान भनी नामाकरण गरे । इश्वरको दृष्टिमा श्रापित ठहरिएको यो कनानी समाज पुनः इसापूर्व १४०४ मा यस भूमिबाट खेदिनु पर्यो । यसरी खेदिएको कनानको वंशलाई विश्व इतिहासले र विश्व प्रसिद्ध हिब्रु जातिहरुले ठहराएको आर्यजाति भनेर दुनियाँको नजरमा राम्ररी चिनिएका छन् । प्यालेष्टाइनबाट खेदिएका आर्यहरु इरानको खसिस्थानमा पुगे । खसहरुको आफ््नै राज्य थियो । त्यसराज्यमा आर्यहरु प्रवेशसँगै भिषण युद्ध भएको थियो । अन्ततः खस (क्षेत्री)हरु पराजय भए । खसहरुको पराजयसँगै आर्य (बाहुन)हरुले उनीहरुको धर्मसंस्कार संस्कृतिलाई पूर्णरुपमा कब्जामा लिए । आफूअनुकूल आर्यहरुले खसहरुलाई प्रयोग गरे । खसहरुको धर्म, परम्परा र संस्कृति लोप भयो । आर्यहरुकै अगुवाईमा खसहरु हिड््न थाले । आर्यहरुको मुख्य देवता अग्नि, सूर्य, पृथ्वी, वायू, जल इत्यादि हुन् । अरब, इराक र प्यालेष्टाइनबाट छरिएर प्रवासी जीवन व्यतित गर्नेहरु हुन् आर्यहरु । आर्यहरुले आफ्नो धर्मग्रन्थ ऋग्वेदको रचना प्रवासी अवस्थामा नै गरेका हुन् । जुन ग्रन्थ सृजना गर्दा उनीहरु हिन्दभूमिमा प्रवेश गरेकै थिएनन् । इसापूर्व ८५३ देखि ८३४ को अवधिमा इज्राएलमा महामारी खनियो, चारैतिर हाहाकार, चित्कार, अनिकाल र मृत्यु मात्र थियो । ३ वर्षसम्म पानी परेन । महासंकटमा त्यहाँबाट धेरै आर्यहरु ज्यान जोगाउन भागेर विभिन्न स्थानमा फैलिए । अन्तत्वोगत्वा भाग्दा भाग्दै आर्यजनहरु हिन्दभूमिमा आइपुगेका हुन् । यसरी असुरक्षित आर्यहरु प्यालेष्टाइनबाट अफगानिस्थान पाकिस्तान हुँदै जम्बूद्धीप (चम्बलघाँटी) मा प्रवेश गरेका रहेछन् । यसैकारण जम्बूद्धीप नै आर्यसमाजको ऐतिहासिक पृष्ठभूमि भयो ।
आर्यहरु हिन्दभूमिमा जब प्रवेश गर्न थाले, त्यतिबेला अहिलेको जस्तो अवस्था थिएन । अनेकौं स्वतन्त्र राज्यहरु थिए । त्यहाँ हुण जातिहरु, मलेच्छ जातिहरु र आदिवासीहरु आ–आफ््नै ढंगले बसोबास गर्थे । उनीहरुको परम्परा, धर्म, संस्कार, संस्कृति आ–आफ््नै खालको थियो । आफ््नो स्वच्छन्दतामा उनीहरु मग्न भएर रमाउँथे । अहिले नेपालमा दलितहरु भनिएर चिनिएका अधिकांश जातिहरु सो बेला हिन्दभूमिका मानिसहरु थिए । जो सरल सिधा र सोझा थिए । आर्यहरु हिन्दभूमिमा आएपछि उनीहरुको स्वच्छन्दताप्रति गड्बडी र झगडा पनिसँगै भित्रियो ।
झगडा र कुटनीति कपटवृत्ति गर्नमा निपूर्ण आर्यजनहरुको अगाडी ती सोझा सिधा साधारण मानिसहरुको केही सिप लागेन । करिब १ सय वर्षसम्म आयातित आर्यहरु त्यहाँका आदिवासी जनजातिहरुको बीचमा युद्ध नै चल्यो । हो त्यहि बेला भएको युद्धलाई आज पनि हिन्दु आर्य समाजमा विभिन्न ग्रन्थहरुका आधारमा चाडपर्व र संस्कारहरु मनाइदै आएको छ । यसकारण आजका नेपाली आदिवासी जनजाति र दलितहरुकै पुर्खाहरु हिजो हिन्दभूमिमा मारिएका थिए । ११ औं शताब्दीमा ती कहानीहरु रचना भएपनि त्यसअघि नै समाजमा त्यस्ता कुराहरु फैलिएका थिए । आर्यहरुले दक्षिण भारतदेखि उत्तरीक्षेत्रको नेपाल, उत्तराञ्चल, यूपीमा समेत प्रभाव पर्यो ।
हिन्दभूमिमा अयोध्या, काशी, दिल्ली जस्ता स्थानहरु छन्् जस्तै दिल्लीलाई राजा इन्द्रले जितेको भूमि भनिन्छ । हरिद्धारलाई आर्यहरुले आफ््नो कर्मक्षेत्र र धर्मक्षेत्र बनाए । आर्यहरु भारतमा प्रवेश गरेपछि मात्र जातिवाद (ब्राह्मण, क्षत्रीय, वैश्य र शुद्रहरु) को प्रथा प्रारम्भ भएको हो । पुरोहितवाद, ब्राह्मणवाद, गुरु सतिप्रथा क्रुर धर्मनीति मृत पतिको चितामा जिउँदै पत्नी जलाउने जस्ता विधानहरु आर्यहरुले बनाएका हुन् । अहिलेसम्म पनि आर्यबाहुल्य राज्यमा यस्ता नियमहरु विद्यमान रहेका छन् ।
यसरी सामान्य जनजीवन अस्तव्यस्त भयो । धर्मको नाममा सबैलाई ब्राह्मणवादको भारी बोकाइयो । क्षत्रीहरु राजा भए, ब्राह्मणहरु पुरोहित भए, दाजुभाई मिलेर सुरा–सुन्दरी–दानपूज्य–पुजाअर्चना कसैले भाँडो चाटे त कसैले हातै डुवाए । टुहुरा टुहुरीहरुको बृद्धि भयो र बाल बिधवाहरु बढ््न थाले, अबलाहरु यौन शोषणमा परे, सुन्दरीभए जातको वास्ता भएन । राजाहरुको दरवारमा सुशोभित हुन पुर््याइयो । कन्यादान, द्रव्यदान, भूमिदान, अन्नदान, स्वर्णदान इत्यादि धेरै किसिमका दान दिने क्षत्री र वैश्यहरु, लिने र उपभोग गर्ने ब्राह्मण पुरोहितहरु । आर्य इतिहास अनुसार वोल्गा से गंगाको दृष्टिमा आर्यहरु त्यति नराम्रा स्वभावका अथवा नराम्रा विचारका होइन् तर हिन्द भूमिमा आएपछि यिनीहरुको नजर बिग्रेको देखिन्छ । कारण यहाँका सोझा सीधा सरल मानिसहरुमा भएको धन–दौलत र सुन्दरतामा आशक्त भएर आर्यहरु स्वार्थी भएका छन् । उनीहरु आफैलाई जब सफलताको सिढीँमा पाए, तब यिनीहरुको मनमा आशक्ति र कामाग्निले राज्य भयो । व्यभिचार, बहुविवाह, चोरी, लुटपाट जस्ता कुराहरु यिनीहरुकै कारण भित्रिएको हो, त्यसअघि त्यस्तो थिएन ।
अब आर्य मतलाई धमिराले खाँदैछ, चर्तु¥याईको खास्टोले छोपेर आफ््नो अनुहार लुकाउनु असल होइन । मनगढन्ते दन्त्यकथाले ऐतिहासिक सत्यलाई परिवर्तन गर्न सम्भव छैन । सर्वसाधारण मानिसमा भएको कमलो विश्वासको मुनामा कुल्चीमिल्ची हुँदैछ । ४ हजार वर्ष अघि आर्यहरु एशियाको पहाडी भू–भागमा थिए, तर उनीहरुको क्रियाकलाप र स्वभावका कारण त्यस ठाउँमा बस्न पाएनन् । अन्य मानिसहरु (त्यहाँ बस्ने आदिवासीहरु)सँग टिक्न गाह्रो भयो । त्यहाँ बस्न नसक्नुको मुख्य कारण पुरोहितवाद–छुवाछुत–जातिवाद र कूटनीति नै थियो । अन्त्यमा प्रशान्त महासागर छेउका निवासी आर्यहरु हिब्रु जातिहरुका दास भएर अर्थात किनिएर–बेचिएर दासत्वमा धेरै वर्षसम्म रहनु परेको थियो । त्यसको साउँ ब्याज हिन्दभूमिमा प्रवेश गरेसँगै खाँदै आएका छन् । वास्तवमा भारतवर्षका महाराष्ट्रहरुलाई कब्जा गर्दै नेपाल प्रवेश गरेका आर्यहरुले करिब २ सय वर्षसम्ममा पूर्ण रुपमा समाजलाई एकत्व बनाएका थिए । त्यस एकत्वलाई राजतन्त्रको अन्त्यसँगै तोडिएको छ तर जनता पूर्ण रुपमा धर्म निरपेक्षताको अनुभूति गर्न सकिरहेका छैनन् ।
अबको युग भनेको धार्मिक स्वतन्त्रताको युग हो । मानिसले धर्म मान्ने वा नमान्ने उसको व्यक्तिगत निर्णय हो तर धर्म परिवर्तन गर्नु नै अपराध हो भनेर एउटै हिन्दुधर्मको रटानमा मानिसलाई कैदी बनाउनु हुँदैन । मानिसलाई यति ठूलो भेदभाव र विभाजन गर्ने सिमित जातिको स्वार्थका लागि स्थापना गरिएको धर्म त्याग गर्ने र आफूलाई मन परेको धर्म ग्रहण गर्ने अधिकार मानिसको नैसर्गिक अधिकार हो । हिन्दु धर्मले शुरुवात गरेको जातीय प्रथा धर्म परिवर्तनसँगै यस्ता भेदभावकारी मनमस्तिष्क अन्त्य हुन्छ परन्तु धर्म परिवर्तन गरेपनि पृष्ठभूमिको जकडिएको मस्तिष्क परिवर्तन नभएसम्म प्रभाव देखिन्छ । धार्मिक अभ्यास, विश्वास र उद्देश्यअनुसार व्यक्ति निर्माण हुँदै जाने भएकाले बहुसंख्यक नेपालीहरुमाथि भएको जातीय भेदभावको अन्त्यका लागि धर्म परिवर्तन नै एउटा विकल्प हो । धर्म परिवर्तनले जीवन–दर्शन नै परिवर्तन गराउने भएकाले यो आवश्यक छ । जुन धर्मले मानिसलाई मानिस जस्तै बन्न दिइरहेको छैन भने आफ््नो जीवनमा अरुले लादिदिएको धर्म मेरा पिता पुर्खाबाट मान्दै आएको धर्म हो भनी गर्व गर्नुमा केही दम छैन । बरु समयमा नै आफुले सहि बाटो रोजे आउने आफ््ना भावी सन्ततीले हिन्दु धर्मको आडमा आर्य हिन्दुहरुको दासत्वबाट मुक्ति पाउने छन् ।

https://www.facebook.com/maha.pratibad