विश्व

मलेसियन पानी जहाज ‘हाइज्याक’

एजेन्सी– ९ लाख लाख लिटर डिजेल बोकेको मलेसियन पानी जहाज हाइज्याक भएको छ। यसलाई इन्डोनेसियाको सामुद्रिक भागमा लगिएको मलेसियाका अधिकारीले जनाएको छ । अपहरण कस्ले गरेको हो भन्ने विषयमा केही जानकारी बाहिर नआएको भए पनि मेलेसियन मरिटाइम इन्फोर्समेन्ट एजेन्सी (एमएमइए) ले भेर हामोर्नि ट्याङ्कर कुआन्टान पोर्टमा लगिएको अनुमान गरेको छ ।

एमएमइएका निर्देशकले यो जहाज बतामको इन्डोनेसियन टापुमा लगिएको अनुमान भएको ट्वीट गरेका छन्। कार्गोको मूल्य करिब तीन लाख ९२ हजार ७ सय ९५ अमेरिकी डलर बराबर रहेको बताइएको छ।