न्युयोर्क

भलिबलमा मगर संघको ह्याट्रिक

न्यूयोर्क– ए एन ए को आयोजनामा सञ्चालन भएको भलिबल प्रतियोगिता–२०१६ मा मगर संघ अमेरिकाले ह्याट्रिक गरेको छ । सन–२०१३ र २०१४ को विजेता मगर संघले लगातार तस्रो पटक पनि उपाधि आफ्नो पोल्टामा पार्दै ह्याट्रिक गरेको हो । गत वर्ष २०१५ मा भने नेपालमा गएको विनासकारी भूकम्पका कारण खेल हुन सकेको थिएन । 
भलिबल प्रतियोगितामा लगातार तेस्रो पटक उपाधि जितेपछि मगर संघ अमेरिकाले कार्यक्रमको आयोजना गरी एक–आसपमा खुशीयाली बाढेको छ । अगस्ट–७ मा कुइन्स ब्रिज पार्कमा कार्यक्रमको आयोजना गरी संस्थाले २०१३ देखि पछिल्लो प्रतियोगितामा भाग लिने खेलाडीसमेतलाई जम्मा गरी उनीहरुलाई धन्यवाद ज्ञापनसहित प्रसंसा पत्र प्रदान गरेको हो । संस्थाका सचिव नरेन्द्र थापा मगरले कार्यक्रमको संचालन गरेका थिए । उनले प्रतियोगितामा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग पु¥याउने खेलाडी तथा खेलपे्रमीहरुले गरेका कामको प्रसंसा गरे । त्यस्तै संस्थाका अध्यक्ष रुद्र आले मगरले लगातर तीन पटकसम्म उपाधि जिताउन सफल भएकोमा खेलाडीहरुलाई विशेष धन्यवाद दिँदै प्रतियोगिता सफल बनाउन सयोग गर्ने सम्पूर्णप्रति आभार प्रकट गरे । 
कार्यक्रममा २०१३ देखिको प्रमुख खेलाडीको भूमिका निर्बाह गर्दै आएका शक्ति रेग्मीले पनि मन्तव्य राखेका थिए । उनले अमेरिका जस्तो ठाउँमा पनि सस्थाको सहयोगमा खेल्न पाएकोमा खुशी व्यक्त गर्दै संस्थाको उत्तरोत्तर प्रगतीको कामना गरे । सोही अवसरमा खेलाडीहरु मन प्रसाद रोका,  हरि रानामगर लगायतले संस्थामा आफूहरुले पु¥याएको योगादनको स्मरण गर्दै आगामी दिनमा पनि संस्थाको श्रीवृद्धिका लागि निरन्तरता दिने बचन दिए ।
त्यस्तै, कार्यक्रममा खेलकुद विभाग प्रमुख खोमबहादुर थापामगरले सम्पूर्ण खेलाडीहरुलाई धन्यबाद दिए । उनले आगामी दिनमा हुने कार्यक्रममा पनि सहयोग गर्न सबैलाई अपिल गरेका थिए ।