कला-साहित्य

कविता- सपना संभाषण

एक अबोध अनुहार हेरेर

आफ्नो सपना कोट्याएर जगाउँदा

ब्याथाले उसलाई हिलो छ्याप्नु
जलनले उसैको हृदय चित्तांमा राख्नु
मैले नै सकिन
चुपचाप फक्रिए सागरको लहर छोएर
उप्रान्त नब्यूँझने गरि चिहानमा दबाएर ।
उही आकृति पुनरावृत्ति भइरहँदा 
स्मृति बनी स्वप्न बौरी आउँछ
जीवन हाँसेको हेर्न
जीवन बाँचेको हेर्न
आफैले पर्म लाउने हो समयसँग
आफैले कर्म फेर्ने हो विश्वाससँग
समाधिबाट उठेर आएर भन्छ मलाई
उज्यालो घामलाई बाहिर राखेर
मस्त तरूणी वसन्तीलाई परै राखेर
सुस्तरी पच्छाएको हावालाई नछुइकन
भरे सुटुक्क आउछु भन्ने जूनलाई नपर्खी
आकाश अन्जुलीले तारा फूलहरू हातमा लिएर
आग्रह गर्दै भन्छ
तिम्रो अमिट आत्मामा प्राण भर
म हेरिरहेछु मेरो सपनालाई
आधा जीवन उपेक्षा सहेर
पिल्सिएर कक्क्रिएर उठेर आउँदा नि
अंगालोंमा राख्छु भन्छ मलाई
एकटक हेरेर दृष्टिले भन्छ
बाँच्नु मन छ मलाई
चित्ताबाट उठेर आएको छु
सार्थक बन्नु पर्छ जीवनबाट !

 

दीपा राई पुन
हाल: बोष्टन
अमेरिका ।