कला-साहित्य

गजल

यो जिन्दगी बरु हार्न तल्लीन छ 
दुःख फल्ने बारी बार्न तल्लीन छ
 
अब आँगन पनि पराई लाग्न सक्छ 
कोही संघार मिचेर सार्न तल्लीन छ 

कुकर पनि भुक्दैछ मालिक नचिनेर 
यो जूनी एकलासमा पार्न तल्लीन छ

भोक कुटेर जीबिका चलाऊनु भन्दै 
जिन्दगी यो जीबन नार्न तल्लीन छ

उस्तै हुन्छ सत्ता उसको हातमा पनि 
उ मेरो धड्कन बिगार्न तल्लीन छ ।