कला-साहित्य

मुक्तक

पत्थरहरू पग्लिन्छन् कि म कुरी रहेछु
बुख्याककचाहरू अग्लिन्छन
कि म कुरी रहेछु
छलकपट र स्वार्थले धमिलिएका 
ती मनहरू सङ्लिन्छन् कि म कुरी रहेछु !

कोही भाँचिन्छ कोही नुग्छ यहाँ
कोही दुखाउँछ कोही दुख्छ यहाँ
अरुलाई हिड्ने कला सिकाउने मान्छे
बुँई चढेरै गन्तव्य पुग्छ यहाँ !

लक्ष्मी थापा, पोखरा ।