कला-साहित्य

कविता- खेति गरिन्छन् यहाँ गोर्खाली शहिदहरुको

यश दार्जिलिङ्गे
दार्जिलिङ, भारत

दुश्मन अघि निहुँरिने हैना शिर कदापि ।
वरु काँटी माग्छ उनैं हुन शहीद ।
कसैसँग हार्ने त कुरै छैन
बरू मृत्युलाई पनि डटेर जित्छ उ हो शहीद
तर इतिहासको पन्नमा किन चित छ सधैं हाम्रो गोर्खे शहीद ?
किनकी
गोर्खे शहीद शहीद नैं होइन
गोर्खाको त्याग–त्याग नैं होइन
गोर्खाली आमा–आमा नैं होइन
गोर्खली बाउ–बाउनै होइन 
गोर्खालीको कदर काँही पनि छैन ! 
केवल 
गोर्खे समाजमा
शहीदहरुको खेति गरिन्छ 
युद्धमा सबैभन्दा पहिले गोर्खेली
सेनाहरू नैं परिन्छ 
शहीद बन्छन् देशको रक्षामा
फर्केर आउँछन् सडेर बक्सामा 
चार–पाँच बन्दुकको सलामीसँगै
गाँउ–घर वरिपरीको मलामीसँगै
मरेर जान्छन् गोर्खाली शहीद !
मेटिएर जान्छन् गोर्खाली शहीद ?
शहीद बाबु सट्टा फेरि
जन्मिन्छन् यहाँ अर्को गोर्खाली शहीद.!
त्यसै पनि यहाँ खेति गरिन्छन्
गोर्खाली शहीदहरूको !