विश्व

अस्पतालमा भएको विस्फोटमा ज्यान गुमाउनेको संख्या ९३ पुग्यो

पाकिस्तान– पाकिस्तानको दक्षिण–पश्चिममा अवस्थित क्वेटा सहरको एक अस्पतालको इमर्जेन्सी वार्डमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ९३ पुगेको छ । सोमबार बिहानै उक्त अस्पतालमा विस्फोट गराइएको थियो । उक्त घटनामा ज्यान गुमाउनेमध्ये २५ जना वकील र दुई जना पत्रकार रहेको बताइएको छ । घाइते हुनेमा समेत केही वकील तथा पत्रकार गरी ५६ जना भन्दा बढी रहेो बताइएको छ ।

सुरक्षाकर्मीको समूहले घटनामा करिब १० किलोग्राम विस्फोटक पदार्थ पडकाइएका हुनसक्ने बताएका छन् । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले विस्फोटप्रति दुःख व्यक्त गर्दै घटनाको निन्दा गरेका छन् ।  उनले पाकिस्तानबाट आतङ्कवादलाई परास्त गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।