विश्व

अस्पतालमा विस्फोट ४० को ज्यान गयो

एजेन्सी– दक्षिणपश्चिमी पाकिस्तानी सहर क्वेटामा अवस्थित एक अस्पतालमा भएको भीषण बम विस्फोटमा परी कम्तीमा ४० व्यक्तिको मृत्यु भएको छ ।  यस विस्फोटमा परी अन्य दर्जनौ व्यक्ति घाइते भएका छन् । शक्तिशाली विस्फोट भएको हुृनाले यस विस्फोटमा परी मारिने व्यक्तिहरु सङ्ख्या बढ्नेसमेत सम्बन्धित अधिकारीहरुले आशङ्का व्यक्त गरेका एएफपीका एक समाचारदाता र अधिकारीहरुले जनाकारी दिएका छन् ।

उक्त विस्फोट बलुचिस्तान प्रान्तका बार एसोसियसनमा अध्यक्ष अर्थात वरिष्ठ वकिलको निधनप्रति शोक व्यक्त गर्न उपस्थित भएका व्यक्तिहरु माझ गराइएको थियो ।
बार एसोसियसनका ती अध्यक्ष पनि सोमबार बिहान सबेरै भएको एक आक्रमणमा मारिएका थिए । वरिष्ठ वकिल बिलाल अन्वार कसी आफ्नो घरबाट कार्यालयतर्फ जाने क्रममा अज्ञात बन्दुकधारीको आक्रमणमा मारिएका हुन ।

अस्पतालस्थित शोक प्रकटका क्रममा जम्मा भएका वकिल, पत्रकार, क्यामराम्यान र अन्य सर्वसाधारणहरुको भिडलाई लक्ष्यगरी सो बम फ्याँकिएको जनाइएको छ ।
यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । प्राप्त पछिल्लो जानकारी अनुसार यस आक्रमणमा मारिएका व्यक्तिको सङ्ख्या ४० पुगेको यो सङ्ख्या बढ्नसक्न अनुमान गरिएको बलुचिस्तान प्रान्तका स्वास्थ्य मन्त्री सलेह बलुचले बताएको समाचार एजेन्सी एएफपीले जनाउको छ ।