कला-साहित्य

गजल

मौन स्वीकृतिभित्र उत्कर्ष भयो
फूलको जस्तो कोमल स्पर्श भयो
कति कुरा न भनेर, लजाएर
नबोल्दै मौनतामा, विमर्श भयो
दुबो घारी मडारिदै यात्रा भरी
उकाली ओरालीमा संघर्ष भयो
रापैले मन नौनी जस्तो पगाल्ने
तिम्रो त्यो जवानीको अमर्ष भयो

– मञ्जुल मिथोच