कला-साहित्य

तीन मुक्तकहरू

(१)
समयले मेरा रहर माथि हमला बोल्यो
अनि पहिरो ले मेरो घर माथि हमला बोल्यो
हर समय तिमीलाई सम्झिनुको सजाय
आज यो मनको नगर माथि हमला बोल्यो
(२)
जाँतो र ढिकि लेखेर राख
आजको मिति लेखेर राख
फेसनको नाममा हराउदै जानेछ
हाम्रो संस्कृति लेखेर राख
(३)
च्यातिएको मन सिउन सजिलो रहेनछ
दुखी हँुदा आँसु पिउन सजिलो रहेनछ
यो बालुवाको देशमा आफ्नो पसिना बेचेर
हेर न साथी हो जीउन सजिलो रहेनछ
.
दिपक आचार्य ‘जलन’
बर्दिया, हालः कुवेत