न्युयोर्क

नेपथ्यले न्यूयोर्क तताउने

न्यूयोर्क । नेपालको चर्चित व्याण्ड नेपथ्यले न्युयोर्कमा कन्सर्ट गर्ने भएको छ । आगामी सेप्टेम्बर २४ तारिखमा नेपथ्यले म्यानहाटनमा रहेको हम्मेरस्टेन बलरुममा कन्सर्ट गर्ने भएको हो । म्यानहाटन सेन्टरका नामले चर्चित हलमा आयोजना गर्न लागिएको कन्सर्टका लागि प्रचारप्रसार तिब्र पारिएको छ ।
दुई दशकदेखि नेपाली सागीतिक दुनियाँमा लोकप्रियताको शिखर चुमिरहेको नेपथ्य व्याण्डले विश्वका विभिन्न शहरमा कन्सर्ट गर्दै आएको छ । न्यूयोर्कमा हुन लागेको कन्सर्टको आयोजना वल्र्ड फेशन परेडले गर्न लागेको हो ।