न्युयोर्क

न्यूयोर्कमा ‘छिन्ताङ’ प्रदर्शन

न्यूयोर्क । शहीद रत्नकुमार वान्तवा, बमप्रसाद वान्तावा र नीमा शेर्पाको जीवनमा आधारित डकुमेन्ट्री ‘छिन्ताङ’ न्यूयोर्कमा प्रर्दशन गरिएको छ । किरात राई सोसाईटी अफ अमेरिकाको आयोजनामा उक्त डकुमेन्ट्री प्रदर्शन गरिएको हो । पत्रकार जशकुमार राईले निर्माण गरेको डकुमेन्ट्री ‘छिन्ताङ’ सान फ्रान्सिस्को ग्लोबल फिल्म फेस्टिबल २०१५’ मा प्रदर्शन भैसकेको छ ।
रत्नकुमार बान्तावा, बमप्रसाद बान्तावा र मीङमा शेर्पा २०३५ सालमा ईलाममा पंचायतको गोलिबाट मारिए । झन्डै ३८ बर्र्ष पछि रत्नकुमार बान्तावालाई शहिदको विल्ला भिडाए तर बम प्रसाद बान्तावा र मीङमा शेर्पालाई भने नेपाल सरकारले अझैपनि आतंककारी नै देख्यो । किन यस्तो हुन्छ ? एउटै घट्नामा यौटै उदेश्यका साथ मारिएकाहरुलाई किन छुट्याएर विल्ला भिडाईन्छ ? नेपाल सरकारको आँखामा ब्राम्हणवादको चश्मा यही बाट प्रष्ट हुन्छ । फुटाउ र लामो समय राज गर ।
ईलामको राजनितिक हैसियत उचो राख्ने यी तीन शहिद पार्टीले मान्दै आएकोछ । त्यही पार्टी जब सरकारमा जान्छ तब गडबड भै हाल्छ ? दृष्ट्रिकोण फरक भैहाल्छ । यहिं देखाउन खोजिएको छ– छिन्ताङमा ।