न्युयोर्क

राष्ट्रपति ओबामाद्वारा क्लिन्टनलाई समर्थन

न्यूयोर्क– एडेमोक्र्याटिक पार्टीकातर्फ अमेरिकी राष्ट्रपतिको आगामी निर्वाचनको लागि उम्मेदवार बन्नुभएकी हिलारी क्लिन्टनलाई अमेरिकाका वर्तमान राष्ट्रपति बाराक ओबामाले आफ्नो पूर्णरुपमा समर्थन रहेको जनाएका छन् ।
डेमोक्र्याटिक पार्टीको अधिवेशनको क्रममा ओबामाले दिएको एक सम्बोधनमा अमेरिकामा हुन गइरहेको अमेरिकी राष्ट्रपति पदका लागि उम्मेदवार हिलारी जति सहि व्यक्ति अरु नभएको उनले दाबी गरेका छ ।
अमेरिकाको इतिहासमा पहिलो महिला राष्ट्रपतिको उम्मेदवार भइ नयाँ इतिहास  रच्न सफल हिलारीलाई बधाई दिंदै विगतमा हिलारीले अमेरिकाको लागि गरेको योगदानको प्रशंसासमेत गरेका छन् ।  

डेमोक्र्याटिक पार्टीको यो निर्णयसँगै क्लिन्टनले अब रिपब्लिकन पार्टी तर्फका राष्ट्रपतिको उम्मेदवार घोषणा भएका डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्नेछिन् ।

१४ साउन, २०७३ ।