विश्व

धर्मगुरु हत्याको इरानद्वारा निन्दा

तेहरान- गत मङ्गलबार फ्रान्समा भएको धर्मगुरु हत्याकाण्डको इरानको विदेश मन्त्रालयले निन्दा गरेको छ । सिरियाको इस्लामिक स्टेट (आइएस) जिहादी समूहले एक १३ बर्षीय ेएक युवकलाई प्रयोगगरी सो हत्या गर्न लगाएको थियो । इरानको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले सो जानकारी दिएको छ ।
फ्रान्सको नर्मान्डीस्थित एक चर्चमा गत मङ्गलबार ८४ वर्षीय क्याथोलिक धर्मगुरु  हत्या  भएको थियो । यस्ता अमानवीय र घृणितकार्य अवश्य निन्दालायक छ भनी मन्त्रालयका प्रवक्ता बहरम घासेमी बताउनु भएको छ ।
नर्मान्डी राज्यको सेन्ट एतिने डुरौभरे शहरमा भएको उक्त आक्रमणबाट वयोवृद्ध धर्मगुरु आतङ्ककारी हमलाबाट मृत्यु भएको फ्रान्सका राष्ट्रपति फ्रास्वाँ अलान्दले पुष्टि गर्नुभएको थियो ।
राष्ट्रपति अलान्दले घटनालाई कायरतापूर्ण आक्रमण बताउँदै फ्रान्समाथि एकपछि अर्को गर्दै विगत १८ महिनामा आतङ्कवादी हमला भएका र आतङ्कवादसँग जुध्न सबै नागरिकबीच एकताको खाँचो रहेको बताउनुभएको थियो ।
मुलुकमा एकपछि अर्को गर्दै इस्लामिक स्टेट (आईएस) समूहबाट गराइएका घटनाले फ्रान्समा आतङ्कवादी आक्रमणको विद्यमान भयलाई सबै मिली समाधान गर्ने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।