न्युयोर्क

अमेरिकी राष्ट्रपति चुनावको पहिलो महिला उम्मेदवार बनिन् क्लिन्टन

न्यूयोर्क । अमेरिकी राष्ट्रपतीय चुनावको भिडन्तमा  डेमोक्रेटिक पार्टीको तर्फबाट हिलारी क्लिनटन उम्मेदवार बन्ने पक्का भएसँगै क्लिनटन अमेरिकाको प्रमुख राजनीतिक दलको तर्फबाट उम्मेदवार बन्ने पहिलो महिला बनेकी छिन् ।

फिलाडेल्फियामा भएको डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनले  हिलारी क्लिनटनलाई आफ्नो पार्टीको आधिकारीक उमेदवार चयन गरेको हो । हिलारी अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिनटनकी पत्नी हुन् । नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा हिलारीको रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रिय सम्मेलनको पहिलो दिन बर्नी सेडर्सका समर्थकले हिलारी क्लिन्टनको दावेदारीको बिरोध गरेका थिए । तर, पार्टी अधिकारीले विरोध शान्त गर्दै समस्या समाधान गरेका थिए । डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदका उम्मेदवारका लागि बर्नी सेडर्स पहिला हिलारीका प्रतिद्वन्द्वी थिए । तर, पछि उनले हिलारीलाई नै समर्थन गरेका छन् ।