विश्व

अन्धाधुन्द गोली प्रहार, १९ मारिए

जापान । जापानको कानागावा जिल्ला अवस्थित एउटा अपाङ्ग स्याहार केन्द्रमा मङ्गलबार विहान एकजना बन्दुकधारी आक्रमणकारीले गरेको अन्धाधुन्द गोली प्रहारमा परी १९ जनाको मृत्यु भएको छ । साथै अन्य करीब ३० जना गम्भीर घाइते भएका छन् ।
सो घटनाको निन्दा गर्दै संयुक्तराज्य अमेरिकी सरकारले मृतकका परिबार र स्वजनप्रति गहिरो समवेदना प्रकट गरेको ह्वाइट हाउसले जनाएको छ ।
यस्ता भीषण हिंसाका घटना कहिल्यै पनि क्षम्य हु्न नसक्ने, त्यसमाथि पनि अन्धा, अपाङ्गको सेवा गर्ने पवित्र संस्थामाथि आक्रमण गर्नु त अर्थहीन र महाघृणितकार्य हुन्छ अमेरिकी नेसनल सेक्युरिटि काउन्सिलका प्रवक्ता निड प्राइसद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हाम्रो अन्तर्विचार जापानी मित्रहरुसँग मिल्दछ, उहाँहरु शोकाकुल भइरहनु भएको छ, यस्तो दुःखद् घडीमा हामी सदैव उहाँहरुकै साथ रहनेछौँ । प्राइसले विज्ञप्तिमा उल्लेख गरेका छन्  ।
१२ साउन, २०७३ ।