विश्व

२११ जना कर्मचारी बर्खास्त

एजेन्सी । टर्की एयरलाइन्सले आफ्ना २११ जना कर्मचारीलाई बर्खास्त गरेको छ । टर्कीमा भएको सैनिक विद्रोहमा हात रहेको आरोप लागेका एकजना कारिन्दा तहका कर्मचारी फतुल्लाह गुलेनसँग आवद्ध रहेको अशंकामा टर्की एयरलाइन्सले ती कर्मचारीहरूलाई जागीरबाट हटाएको बताइएको छ ।
गत जुलाई १५ मा टर्कीमा भएको असफल सैनिक बिद्रोहपछि टर्की सरकारले सरकारी कर्मचारी, सैनिकलगायत पत्रकारलाई समेत पनि गिरफ्तार गर्ने र जागीरबाट हटाउने क्रम जारी राखेको छ ।
टर्कीमा भएको असफल सैनिक विद्रोहपछि राष्ट्रियस्तरमा छानबिन गर्ने क्रममा गुलेनसँग कुनै न कुनै रूपमा सम्बन्ध राखेको आशंकामा यसअघि नै सरकारी सेवामा कार्यरत ४४ हजारभन्दा बढी निजामती कर्मचारी निलम्बन गरिसकेको छ ।
टर्कीमा गत १५ जुलाईमा भएको असफल सैनिक विद्रोहमा हात रहेको अरोप लगाइएका ७५ वर्षीय फतुल्लाह गुलेनका भतिजालाई समेत यसअघि नै पक्राउ गरिसकिएको छ ।