विश्व

आइएसमा सहभागी हुन खोज्ने तीन अमेरिकी पक्राउ

वासिङ्गटन(एजेन्सी)– अमेरिकाको फ्लोरिडा राज्यमा आतङ्ककारी समूह इस्लामिक स्टेट (आइएस)सँग आवद्ध हुन खोज्ने तीन अमेरिकी नागरिकलाई नियन्त्रणमा लिइएको छ । स्थानीय सञ्चार माध्यमले जनाए अनुसार आतंकवादी समुह इस्लामिक स्टेटमा आवद्ध हुन खोजेको आरोपमा तीन जनालाई पक्राउ गरिएको हो ।
ती तीनै जना ‘पाल्म बिच काउन्टी’ मा बसोबास गर्दै आएका व्यक्ति भएको बताइएको छ । तीनैजनामाथि आइएससँग मिलिमतो राखेको र आइएस आतङ्ककारी समूहलाई आर्थिक र भौतिक समर्थनसमेत गर्न खोजेको एक सङ्घीय अदालतले आरोप लगाएको छ । तीनै जना गत बर्षं सिरिया भ्रमणमा गएर आइएस लडाकू समूहमा सहभागी हुनको  लागि नियमितरुपमा गुप्तचरहरुसँग भेटघाट गरिरहेको अनुसन्धानबाट खुलेको प्रहरीलेका दाबाी छ ।
९ साउन, २०७३ ।