विश्व

बाढीमा परी ७२ जनाको मृत्यु

एजेन्सी । चीनको उत्तरी प्रान्त हेबेइमा परेको अविरलबर्षा र बाढीको कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या ७२ पुगेको छ । यस बर्षा र त्यसपछिको बाढीमा परी अन्य ७८ जना हराइरेहका नागरिक मामिला निकायले जानकारी दिएको छ ।    

सो आँधी र बाढी प्रभावित  क्षेत्रबाट स्थानीय सरकारले  करिब तीन लाख विस्थापित गरेको बताइएको छ । उत्तर र उत्तरपूर्वी चीनमा यस हप्ता भारी बर्षाले सताएको र यसबाट  भारी सङ्ख्यामा धनजनको क्षति भएको छ । निरन्तरको वर्षाका कारण बाढी आएको छ र सो बाढीमा कैयौँ व्यक्ति थुनिएका वा हराएका छन् ।

प्रान्तीय सरकारका अनुसार आँधी र बाढी प्रभावित सो क्षेत्रमा उद्धारकार्यको लागि एक करोड ५७ लाख अमेरिकी डलर बराबरको रकमको आवश्कता परेको छ । प्रकोप नियन्त्रणको लागि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको र उद्वारकर्मी खटाइएको छ ।

९ साउन, २०७३ ।