कला-साहित्य

एकल राष्ट्रव्यापी फेस नेपाल डान्सिङ अवार्ड हुँदै

काठमाडौं, साउन । फेस नेपाल मिडिया प्रालिले एकल राष्ट्रव्यापी फेस नेपाल डान्सिङ अवार्ड– २०१६ गर्ने भएको छ । काठमाडौंका पत्रकार सम्मेलन गरी डान्सिङ अवार्डको जानकारी गराइएको हो । नेपाली कला साहित्य र संगीतको संरक्षण र सम्बद्र्धनको उद्देश्य अनुरुप स्थापित फेस नेपाल मिडियाले पहिलो पटक डान्सिङ अवार्ड गर्न लागेको हो । संस्थाले प्रत्येक वर्ष वर्षगाँठको अवसर पारेर कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । साथै अन्य विधाहरुसमेत समेटी कला, साहित्य र संगीतका क्षेत्रमा नयाँ आयम थप्ने संस्थाको उद्देश्य रहेको छ ।

यो वर्ष हुन लागेको डान्सिङ अवार्ड कार्यक्रम राष्ट्रिय टेलिभिजन च्यानलबाट प्रत्यक्ष प्रसाण समेत गरिने छ । डान्सिङ अवार्डमा भाग लिनका लागि संस्थाले आवेदन फारम खुलाइसकेको छ । जसका लागि माछापुछ्रे बैंकको देशभरका ६५ वटा शाखामध्ये जुनसुकै शाखाबाट पनि फारम भर्न सकिने व्यवस्था मिलाएको छ । सहभागिता जनाउनेहरुले माछापुछ्रे बैंकको खाता नं. १६०१५२४३६२९५७०१२ मा रु १ हजारको भौचर भर्नुपर्नेछ । भौचर भर्ने अन्तिम मिति साउन २५ गतेसम्म राखिएको छ । डान्सिङको अडिसन भने भदौ १ गते बाट शुरु हुनेछ ।

अडिसन हुने स्थलहरुमा पूर्वाञ्चलको विर्तामोड, धनकुटा, इटहरी, वीरगन्ज । त्यस्तै पश्चिमाञ्चलका–नारायणगढ, बुटवल, पाल्पा, बेनी, पोखरा, गोर्खा रहेका छन् । त्यस्तै, मध्यपश्चिमाञ्चलका– दाङ, सुर्खेत, नेपालगञ्जमा अडिसन हुनेछ भने सुदूरपश्चिमाञ्चलका प्रतियोगिलाई लक्षित गरी महेन्द्र नगरमा अडिसन गरिनेछ । मध्यमाञ्चलका –हेटौडा धादिङ र काठमाडौंबाट प्रतियोगी छनोट गरिने छ । अन्त्यमा देशभरीबाट छनोट भएका प्रतियोगीहरुलाई काठमाडौंमा भव्य कार्यक्रमका बीच अवार्ड प्रदान गरिनेछ ।

डान्सिङ अवार्डमा सहभागी भई प्रथम स्थान हासिल गर्नेले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ भने द्वितीय र तृतीय हुनेले क्रमशः ५०–५० हजार नगद रासीसहित विभिन्न गिफ्टह्याम्पर प्राप्त गर्नेछन् । कार्यक्रमबाट संकलित रकमबाट संस्थाले वृद्धाश्रम समेत निर्माण गर्ने जनाएको छ । पहिलो चरणमा चितवनको सौराहामा बृद्धाश्रम बनाउने आयोजनकको योजना छ । त्यसपछि हरेक वर्ष कार्यक्रम गरी संकलित रकमबाट यस्तै सामाजिक कार्यमा लगानी गर्ने उनीहरुले उद्देश्य रखेका छन् । उनीहरुले आगामी पाँच वर्षभित्र देशका ७५ वटै जिल्लामा सुविधासम्पन्न तथा व्यवस्थित वृद्धाश्रम निर्माण गर्ने जमर्को गरेका छन् ।

५ साउन २०७३ ।