विश्व

टर्कीमा सैनिक कु कसरी असफल भयो ?

पल किर्बी

शुक्रबार राति धेरै समयसम्म टर्कीका सयौं सैनिकले राजधानी अंकारा र इस्थानबुलका महत्वपूर्ण ठाउँमा नियन्त्रण कायम गरे । घण्टौंसम्म राष्ट्रपति रिसेप टाइप एर्डोगान कहाँ छन् भन्ने थाहा भएन । त्यसपछि खबर आयो उहाँ टर्कीको दक्षिण पश्चिमी भागमा छुट्टी मनाउन जानुभएको छ ।

त्यसपछि एर्डोगान विमानमार्फत इस्थानबुल पुगेर पत्रकार सम्मेलन गुर्नभयो । राष्ट्रपति एर्डोगान इस्थान पुगेपछि यो स्पष्ट भयो कि हालत सरकारको नियन्त्रणमा छ र उसलाई सेनाका ठूला अधिकारीको समर्थन छ । सत्ता नियन्त्रणको प्रयास सफल हुनका लागि पूरै सेनाको समर्थन अत्यावश्यक हुन्छ । यो सत्य हो कि ठूलो संख्यामा सैनिकले टर्कीको कु प्रयासमा भाग लिए । इस्थानबुलको बोसफोरस पुलमा नियन्त्रण कामय गरे ।

तर टर्कीको सेनाका प्रमुख जनरल हुलुसी अकबर यो कु प्रयासमा सामेल थिएनन् । यस्तै इस्थानबुलमा आर्मीका स्थानीय प्रमुख पनि यसमा सामेल थिएनन् । जलसेना प्रमुख र विशेष बलमा कमाण्डरले पनि सत्ता नियन्त्रणको विरोध गरे । एफ–१६ विमानले बिद्रोही सैनिकका केही अखडामा पनि आक्रमण गरे । बेलायतको एक विचारकसंस्था च्याटमहाउनसका फादी हकुरा भन्छन् ‘सत्ता नियन्त्रणको प्रयास सुरु हुनु पहिलेनै ध्वस्त हुन सुरु भएको थियो ।’ केटाकेटी तरिकाले कुको प्रयास भएको र यसले सेनाको व्यापक समर्थन लिन पनि असफल भएको उनको बुझाइ छ । राजनीतिक रुपमा पनि कुमा कसैको समर्थन रहेन । विपक्षी धर्मनिरपेक्ष पार्टी सिएचपीले टर्कीमा धेरै पटक कुको भएको र अब फेरि त्यस्तै कठिनाइ दोहोरियोस् भन्ने आफ्नो चाहना नरहेको बतयो । राष्ट्रवादी एमएचपी पनि सरकारको समर्थनमा लामबद्ध भयो ।

उसो भए सत्तामा कु गर्ने को थिए रु यो सेनाको एक सानो समूहको काम हो, जसको मुख्यालय इस्थानबुलमा छ । फादी हकुराले भने ‘उनीहरु सेनाको व्यापक वर्गलाई प्रतिनिधित्व गर्दैनन् ।’ फादीका अनुसार यो असफल प्रयासपछि थाहा भएको छ कि टर्कीमा अब पहिलो जस्तो सत्ता कुका लागि कुनै ठूलो समर्थन बाँकी छैन । राष्ट्रपति एर्डोगानले लामो समयदेखि सम्भावित कुका विरुद्ध चेतावनी दिँदै आउनुभएको थियो । पछिल्लो केही वर्षमा एर्डोगानको सरकाले सेना र प्रहरी भित्र शुद्धिकरण अभियान चलाएको थियो । यो अभियानको क्रममा राष्ट्रपतिको पार्टी विरुद्ध काम गर्ने व्यक्तिलाई हटाइएको थियो ।

एर्डोगानले लामो समयदेखि भन्दै आउनुभएको थियो कि अमेरिकामा बस्दै आएका फतहुल्लाह गुलेनले आफू विरुद्ध षडयन्त्र बनाइरहेका छन् । कुनै सयम एर्डोगानका सहयोगी रहेका गुलेन अहिले निर्वासनमा छन् ।
स्रोत बिबिसी