विश्व

आइएसका वरिष्ठ कमाण्डर मारिए

एजेन्सी– बिद्रोही संगठन इस्लामिक स्टेट आइएसका वरिष्ठ सैनिक कमाण्डर ओमर शिशानीको मृत्यु भएको पुष्टि भएको छट । आइएसले आफ्ना वरिष्ठ कमाण्डर शिशानीको इराकको शिरकत शहरमा भएको आक्रमण परि मारिएको पुष्टी गरेको हो । असली नाम तरखान बतिराश्विली रहेका शिशानी आइएसका प्रमुख अबु बक्र अल बगदाटीका निजक थिए ।

यसअघि पनि शिशानीको ज्यान गएको खबर आउने गरेका थिए, तर त्यसलाई आइएसले पुष्टी भने गरेको थिएन । एको र्मामा अमेरिकी अधिकारीले सिरियामा भएको हवाई आक्रमणको क्रममा शिशानीको ज्यान गएको बताएको थियो । तर आइएसले त्यसको खण्डन गरेको थियो । अमेरिकाले शिशानीलाई मोस्ट वान्टेडको सूचीमा राखेको थियो र उनको टाउकोको मूल्य ५० लाख डलर तोकिएको थियो । आइएससँग जोडिएको अमाक समाचार संस्थाले मोसुलमा सेनाले गरेको कारबाहीको क्रममा शिशानीको ज्यान गएको उल्लेख गरेको छ ।

३० असार, २०७३ ।