विश्व

टिरिसा बेलायतको प्रधानमन्त्री बन्ने पक्का

एजेन्सी– बेलायतका प्रधानमन्त्री डेविड क्यामरुनले राजीनामा दिएपछि उनको ठाउँमा सत्तारुढ कन्जरभेटिभ पार्टीकी नेता टिरिसा मे आउने पक्का भएको छ । प्रधानमन्त्रीको होडमा रहेकी सत्तारुढ कन्जरभेटिभ पार्टीकै नेता रहेकी एन्ड्रिया लेडसमले टिरिसालाई समर्थन गर्ने भएपछि बेलायतको नयाँ प्रधानमन्त्रीमा टिरिसा पक्कापक्की भएकी हुन् ।

बेलायत युरोपियन युनियन इयुबाट बाहिरिने पक्षमा मतदान भएपछि प्रधानमन्त्री क्यामरुनले राजीनामा दिने घोषणा गरेका थिए । क्यामरुनले बुधबार महारानी समझ राजीनामा बुझाउने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

५९ वर्षकी टिरिसा सन् २०१० देखि गृह मन्त्री छन् । उनले प्रधानमन्त्री क्यामरुनले आफूले राजीनामा दिएलगतै आफूले अबको प्रधानमन्त्रीको प्रमुख दाबेदार भएको बताएकी थिइन् । टिरिसा प्रधानमन्त्री बेनेमा बेलायतको इतिहासमा उनी दोस्रो महिला प्रधानमन्त्री बन्नेछिन् ।

२८ असार २०७३