विश्व

उपाधि पोर्चुगलले जित्दा फ्रान्समा झडप

एजेन्सी– युरोकप फुटबल २०१६ को फाइनल खेलमा आयोजक फ्रान्सलाई हराउँदै पोर्चुगलले उपाधि जितेपछि फ्रान्समा हिंसात्मक झडप भएको छ । हिंसात्मक झडपमा निस्किएका ४० जनाभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

खेल सकिएपछि  फ्रान्सका समर्थकहरुले खेलप्रति असहमति जनाउदै सामान्य झडप गर्ने र पेरिसका केही स्थानमा हमला पनि गर्न खोजेपछि स्थिति भयावह बनेको थियाे । उच्छृंखल व्यवहार देखाउँदै प्रदर्शनमा उत्रिएका केही स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिइ थुनामा राखेको बताइएको छ । 

फाइनलमा पोर्चुगलले जितेपछि फ्रान्सका समर्थकहरुले यस्तो हिंसा मच्चाएका थिए ।ती समर्थकहरुले आइफल टावरका अधिकारीहरुमाथि शिशाका बोटल तथा मिनरल वाटरका बोटलहरु फालेका थिए । त्यस क्रममा प्रहरीले पानीको फोहरा र टियर ग्याँस हानेको थियो । पोर्चुगलले जितेपछि सो खेलमैदानमा नै पोर्चुगलका समर्थकहरुको भिड लागेको थियो ।

प्रदर्शनकारीलाई हटाउने क्रममा प्रहरीले टियर ग्यास फाल्न थालेपछि उनीहरुले पनि प्रहरीमाथि  आक्रमणको प्रयास गरेका थिए । त्यस क्रममा हिंसा भएपछि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको र उनीहरुले पक्राउ गरी ती प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

२७ असार, २०७३ ।